साउदी अरबको सेयर बेच्ने नीति जसले बढायो पेट्रोलको भाउ



कच्चा तेलको मूल्य दिनानुदिन उकालो लाग्दै छ । अहिले कच्चा तेलको मूल्य करिब ८० अमेरिकी डलर प्रति व्यारेल पुगेको छ ।

कच्चा तेलको मूल्यमा भएको अस्वभाविक बृद्धिले उपभोत्ता देशलाई थप आर्थिक भार परेको छ । भारत र चिन जस्ता ठूलो मात्रामा तेलका उपभोत्ता देशलाई कच्चा तेलको मूल्यमा भएको बृद्धिले निकै अप्ठेर परेको बताईन्छ । नेपाललाई पनि यसले समस्या पार्दै जाने देखिएको छ ।

केही समय अगाडि मात्रै भारतीय पेट्रोलियम मन्त्रीले तेल उत्पादन गर्ने देशको सदस्य समेत रहेको अरबलाई तेलको मूल्यमा कटौति गर्न आग्रह गरेका थिए । भारतले मात्रै आफ्नो इन्धनको ८० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थबाट आपुर्ति गर्ने गर्छ ।
किन बढ्यो कच्चा तेलको मूल्य ?

पेट्रोल डिजेलको मामिलामा अन्तर्राष्ट्रिय स्तरमा धेरै तहका समस्या र झमेला छन् । सिरिया, इरान, भेनेजुयला जस्ता देशमा देखिएको राजनीतिक अस्थिरतालाई प्रमुख कारण बताउने गरे पनि अहिले तेलको मूल्य बृद्धि गर्नमा साउदी अरबको ठूलो भूमिका रहेको छ ।

अरब अहिले आफ्नो तेल उत्पादक कम्पनी अरामकोलाई अन्तर्राष्ट्रिय शेयर बजारमा उच्च मूल्यको सूचिमा दर्ता गर्न चाहान्छ । जसको कारण उसले इरान तथा अन्य देशमा अमेरिकाले लगाएको नाकाबन्दीको फाईदा उठाउँदै तेलको मूल्यमा बृद्धि गरेको बताईन्छ । अरामको विश्वकै ठूलो तेल कम्पनी हो । केही अन्तर्राष्ट्रिय संञ्चार माध्यममा आएका खबर अनुसार अरबमा कच्चा तेलको मूल्य १०० अमेरिकी डलरसम्म पुर्याउने चर्चा चलेको छ ।

अकोतर्फ साउदी अरब मध्य पूर्वमा देखिएको अस्थिरताको फाईदा उठाउदै आफ्नो ढुकुटी भर्न खोजीरहेको छ । अमेरिकाले इरान र भेनेजुयलामा लगाएको कडा आर्थिक नाकाबन्दीको फाईदा अहिले अरबलाई भईरहेको छ ।

इरान परमाणु सम्झौताबाट अमेरिकाले बाहिरिने निर्णय गरेसँगै इरान अहिले कडा आर्थिक नाकाबन्दीको सामना गरिरहेको छ । यस अघि इरानले दैनिक २.५ मिलियन व्यारेल तेल निर्यात गर्दै आएको थियो । यो भनेको विश्वभर आयात हुने कुल इन्धनको ४ प्रतिशत हो । अहिले इरानको तेल निर्यात घटेर १ मिलियन व्यारेल प्रतिदिन पुगेको छ ।

यसका अलवा तेल उत्पादन गर्ने देशहरुको संगठनको आपसी सहमती अनुसार कुनै तेल उत्पादक देशमा नाकाबन्दी लागेपछि तेलको मूल्य बृद्धि गर्ने तयारी गर्छन् । पछिल्ला केही महिनायता इराक, यमन, लिबिया र सिरियासंग चलिरहेको संघर्षमा इरान र साउदी अरबबिच तनाव सिर्जना भएको थियो । यही तनावको फाईदा उठाउँदै अरबले तेलको मूल्य उच्च बनाएको बताईन्छ ।

कहाँ कति छ पेट्रोलको मूल्य ?

भेनेजुयला ०.०१ डलर प्रति लिटर
साउदी अरब ०.३४ डलर प्रति लिटर
तुर्कमेनिस्तान ०.२९ डलर प्रति लिटर
अल्जेरिया ०.३२ डलर प्रति लिटर
मिस्र ०.३५ डलर प्रति लिटर

जहाँ पेट्रोल महंगो छ

हङकगं १.९३ डलर प्रति लिटर
नर्वे १.८६ डलर प्रति लिटर
आईसल्याण्ड १.७५ डलर प्रति लिटर
ग्रिस १.६५ डलर प्रति लिटर
डेनमार्क १.६३ डलर प्रति लिटर

एजेन्सी


क्लिकमान्डु