स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी,मूल्य २० लाख बढी



काठमाडौं । केएलदुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यो टिभीको मोटाइ जम्मा ३.६ एमएम रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ ।

काठमाडौंमा डिलर मिट आयोजना गरि सो टिभी सार्वजनिक गरिएको हो । ओएलइडि टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य एलइडि टिभी भन्दा निकै राम्रो रहेको छ ।

साथै यो टिभीमा जेबिएल साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यो टिभीको मूल्य नेपाली बजारमा २० लाख भन्दा बढी पर्ने कम्पनीले जनाएको छ ।

सोही कार्यक्रममा स्काईवर्थको गुगल एन्ड्रोएड टिभी र मल्टी फङसन टि टेबल पनि सार्वजनिक गरिएको थियो ।

गुगल एन्ड्रोएड टिभीमा भ्वाइस कमान्डबाट आफ्नो इच्छा अनुसारको कार्यक्रम हेर्न सकिने र मोबाइल जस्तै गुगल प्लेस्टोरमा गएर आफ्नो चाहना अनुसारको एप्लिकेशन डाउनलोड गर्न सकिने स्मार्ट प्रविधि रहेको छ ।

यी सार्वजनिक गरिएका तिन वटै प्रोडक्ट इनोभेसन र टेक्नोलोजिको उत्कृष्ट उदाहरण हो । त्यस कारण यी प्रोडक्टहरुले नेपालमा पनि राम्रो बजार लिने छ भन्ने कम्पनीको दाबी रहेको छ ।

युरोप, एसिया, अफ्रिका तथा अमेरिकाको बजारमा राम्रो सफलता हांसिल गरिसकेको यस स्काईवर्थ कम्पनीको टिभी तथा होम एप्लाइन्सेस राम्रो गुणस्तरको र किफायती मूल्यमा उपलब्ध हुने कारण नेपालमा पनि छोटो समयमै लोकप्रिय हुन सफल भएको कम्पनीको ठम्याई रहेको छ ।

साथै स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्र्तगत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने छन् ।


क्लिकमान्डु