यूनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामाग्री वितरण




काठमाण्डौं । केएल दुगड गु्रप अन्तर्गत यूनाइटेड सिमेन्टसले धुनिवेशी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयहरुका सम्पूर्ण बिद्यार्थीहरुलाई सहयोग स्वरुप विविध शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

धुनिवेशी नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सम्पूर्ण अभिभावकहरुलाई प्रोत्साहित गर्ने मनसायका साथ शैक्षिक सामाग्रीहरु वितरण गरिएको कम्पनीले जानकारी दिएको छ । गुणस्तरीय शिक्षा हरेक बालबालिकाको नैसर्गिक अधिकार भएपनि विविध समस्याका कारण बर्सेनि सया“ै बालबालिकाहरुले वीचमै अध्ययन छोड्नु पर्ने वाध्यता जस्तै रहेको भन्दै सहयोगको लागि कम्पनीले यसरी शैक्षिक सामाग्री वितरण गरेको हो ।

‘यही समस्यालाई केही हदसम्म समाधान गर्ने र अभिभावकहरुमा जनचेतना पैmलाउने उद्देश्यका साथ विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो,’ कम्पनीले भनेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने सोच बोकी अघि बढेको यूनाइटेड सिमेन्ट्सले विगतका दिनहरुमा पनि यस्ता धेरै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । गत वर्ष पनि कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो । आगामी दिनहरुमा पनि यस्तै विभिन्न सामाजिक कार्यहरु गर्ने प्रतिबद्घता कम्पनीले जनाएको छ ।


क्लिकमान्डु