मोदीको नेपाल भ्रमणमा बाणिज्य सन्धी परिर्माजनको पहल हुन्छः परराष्ट्रमन्त्री




काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण तीन वटा विषयमा केन्द्रित हुने जानकारी दिएका छन् ।

भ्रमणम दुई देशबीचको विश्वासका वातावरणको अभिबृद्धि, पहिला भएका सहमतिको कार्यान्वयन र सहयोगको नयाँं क्षेत्रका विषयमा बृहत छलफल हुने जानकारी उनले दिए ।

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल भारत ब्यापार प्रबद्र्धन सम्बन्धमा आइतबार राजधानीमा भएको छलफल कार्यक्रममा मन्त्री ज्ञवालीले भारतका प्रधानमन्त्री मोदीको यो पटकको भ्रमणमा रेलमार्ग अनि जलमार्गका कार्यान्वयनका विषयमा केन्द्रित रही छलफल हुने बताए ।

मन्त्री ज्ञवालीले भ्रमणमा क्रममा विगतका सहमतिहरुलाई कार्यान्यनका लागि बृहत छलफल हुने जानकारीसमेत दिए । साथै नेपाल र भारत दुई देशवीच सन् १९९६ मा भएको वाणिज्य सन्धिको परिमार्जनको पहल हुने पनि जनाए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले वढ्दो व्यापार घाटाप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपालबाट निर्यातयोग्य वस्तुलाई सरकारले सहुलित दिनुपर्ने बताए । गएको साउनदेखि फागुनसम्म ८ महिनाको नेपालको भारततर्फको निर्यात आयातको तुलनामा १७ गुना कम रहेको तथ्यांक उनले प्रस्तुत गरे ।

बर्तमानको ब्यापार घाटा नेपाल सरकारको समृद्धिको सपनामा प्रमुख बाधक रहेको भन्दै उनले त्यसको अन्त्यका उपायहरु खोज्न ढिला गर्न नहुने बताए । यसको लागि नेपालले मुख्यगरी वौद्ध पर्यटन सर्किटलाइ प्रवद्र्धन गर्नुपर्ने, सीमावती क्षेत्रको सडक स्तरोन्नति गर्नुपर्ने, बिद्यमान नेपालभारत वाणिज्य सन्धीलाई नेपालको हित अनकुल हुनेगरी पुनरावलोकन गरिनुपर्नेमा जोड दिए ।

नेपालमा भारतीय लगानी भएका कम्पनीबाट उत्पादित जलबिद्युत मात्र खरिद गर्ने भारतीय दृष्टिकोण नेपालको ब्यापार र आर्थिक बिकास प्रतिकुल रहेकोले उक्त कुरा सच्याउन पहल गर्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । भारतको सिमावर्ती क्षेत्रका भारतीय चेम्बर अफ कमर्शसँग नेपाल चेम्बर अफ कमर्शको सम्बन्ध विस्तारले दुईपक्षीय ब्यापार बृद्धिमा सहयोग पुग्ने भएकोले त्यसतर्फ काम थाल्ने कुरा समेत उनले बताए ।


क्लिकमान्डु