अमेरिका पुगेर ट्रम्पको विरोध गर्दै चौधरीले भने- तपाई ‘ग्लोबलाइजेशन’को अन्त्य गर्न चाहनुहुन्छ ?



काठमाडौं । फोर्ब्सले सूचिकरण गरेका एकमात्र नेपाली डलर अर्बपति बिनोद चौधरीले अमेरिका पुगेर अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको नीतिको विरोध गरेका छन् । चौधरी ग्रुपका अध्यक्षसमेत रहेका चौधरीले विकसित राष्ट्रहरू नै विश्वब्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको आरोप लगाए ।

‘विकसित राष्ट्रहरूले आज अन्तर्राष्ट्रिय ब्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षितगर्न लागिपरेका छन्,’ अमेरिकाको लस एन्जल समामिल्केन इन्टिटयुटद्वारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै अचौधरीले भने, ‘यसको मतलब के अब हामीले विश्वब्यापीकरणको मान्यतालाई अन्त्य गर्न चाहिरहेका छौँ ?’

पछिल्लो समय अमेरिकी ट्रम्प प्रशासनले चिनियाँ उत्पादनलाई अमेरिकी बजार प्रवेशमा अवरोधका नीति लिएसँगै यो बिषय विश्वब्यापी वहशमा आएको छ । अमेरिकी सरकारले लिएको नीतिको प्रतिक्रिया स्वरूपचिन सरकारले पनि अमेरिकी उत्पादनमाथि आफ्नो बजारमा कडाइको नीति अवलम्वन गर्ने सम्भावना बढेर गएको छ । विश्वब्यापीकरण विरूद्ध चालिएका यि कदमले विश्व बजारलाई नकारात्मक प्रभाव पार्ने देखिएको छ ।

‘विश्वब्यापीकरणलाई प्रवर्धन गर्न विगतमा चालिएका कदमहरू गलत थिए भनेर निष्कर्षमा पुग्ने समय आएको हो ?’ चौधरीले प्रश्न गरे– ‘विश्वब्यापी रूपमा गम्भिर समिक्षाविना आफ्नो बजार र रोजगारी सुरक्षाका नाममा चालिएका यी कदमहरू संभवतः राजनीतिक लोकप्रियताका लागि हुनसक्छ । तर, त्यसले विश्वमा अर्कै वातावरण तयार गरिदिनेछ ।’

उनले लगानीकर्ताका लागि विकासशिल राष्ट्रहरू (इमर्जिङ इकोनोमी)मा मात्रै बढी जोखिम हुने विश्लेषण सत्य नरहेको र विकसित राष्ट्रहरूले पनि सोही चरित्र अवलम्बन गरिरहेको भन्दै आलोचना समेत गरे ।

‘अमेरिकालगायत कापश्चिमा विकसित राष्ट्रहरूले पनि कुन बेला कुन नीति लिनेछन् भनेर लगानीकर्ताहरू ढुक्क हुन सक्ने अवस्था छैन,’ चौधरीले भने ।

विकासशिल राष्ट्रहरूको प्रमुख एजेण्डा अहिले आर्थिक विकास र सामाजिक रूपान्तरण भइरहेको बताउँदै उनले ती देशहरूमा राजनीतिक तहबाटै लगानी–मैत्रीवातावरण तयार गर्नेतर्फ ध्यान पु¥याइएको महसुस आफुले गरेको अनुभव सुनाए ।

विकासशिल देशहरूमा उदाउँदै गरेको ‘मिडिल क्लास ’उपभोक्तातर्फ पनि लगानीकर्ताले ध्यान दिन जरूरी रहेको उनको भनाइ थियो ।
‘विकसित मुलुकमा सफल भएक ाव्यवसायिक अवधारणाहरू विकासशिल मुलुकहरूमा हस्तारन्तरण गरिनुपर्छ, यसले ति देशको आर्थिक विकास अभियानलाई अगाडि बढाउन सहयोग पुग्छ,’ उनले भने ।

विश्व सम्मेलनमा अध्यक्ष चौधरीले नेपालका बारेमा जानकारी दिँदै नेपाल आर्थिक विकासको सकारात्मक बाटोमा अगाडि बढिरहेको र यो प्रयासमा साथ दिन आग्रहसमेत गरे ।


क्लिकमान्डु