दुगड़ ग्रुपको थ्रीह्विलर्सको शाखा संचालनमा




काठमाडौं । नेपालमा पियाजियो थ्रीह्विलर्सको आधिकारिक बिक्रेता प्रतिष्ठित औधोगिक तथा व्यापारिक घराना एमभी दुगड़ गु्रप अन्तर्गतको विवेक अटोमोबाइल्सले बैशाख १३ गते विराटनगरको बरगाछीमा आफ्नो पहिलो सो रुमको उद्घघाटन गरेको छ ।

नेपालको विभिन्न स्थानमा यात्रु ओुसार पसार तथा सामान ढुवानीका लागि उपयुक्त तथा प्रभावकारी साधनका रुपमा तीनपाँग्रे सवारी साधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पुँजी लगानी बाटै संचालन गर्न सकिने र सोही सरल सेवा सुविधाका लागि पियाजियो थ्रि ह्विलर्सको पहिलो शाखा विराटनगरको बरगाछीबाट सुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त शाखाको उद्घघाटन पियाजियो भेइकल्स इण्डियाका मेनेजर दिपक कुमार र नेपालका लागि पियाजियोका हेड अफ अपरेशन विजय महतोले संयुक्त रुपमा गरेका हुन् ।


क्लिकमान्डु