सामसङका माइक्रोवेभ ओभनमा खाना पकाउन सिकाइदै




काठमाडौं । सामसङले ग्राहकहरुका लागि कुकिङ क्लास आयोजना गर्ने भएको छ । सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले बैशाख १७ गते दरबारमार्गको सामसङ प्लाजामा दिउसो २ बजेदेखि ‘कुकिङ क्लास गर्ने भएको हो ।

सामसङका विभिन्न माइक्रोवेभ ओभनको प्रयोग गर्दै विभिन्न मिठा परिकारहरू बनाउन सिकाउने उद्देश्यका साथ सामसुङको माइक्रोवेभ ओभन कुकिङ क्लासको आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सामसङ्ग प्लाजाका प्रतिनिधिहरूबाटै प्रशिक्षण गराइने छ ।

माइक्रोवेभ ओभन कुकिङ क्लासका सहभागीहरूले सामसङ्गको माइक्रोवेभ ओभन प्रयोग गरेर विविन्न परिकारका खानेकुराहरू पकाउन सिकाइने छ । साथै, पकाउँदा अपनाउनुपर्ने सेफ्टीको विषयमा समेत जानकारी दिइने छ ।


क्लिकमान्डु