नाडाको कार्यसमितिलाई पूर्णता, ४ उपाध्यक्ष सहित थपिए २१ जना



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको कार्यसमितिले पदाधिकारीहरुको टुङ्गो लगाएको छ ।

नाडाले संस्थागत उपाध्यक्षमा ध्रुवबहादुर थापा र नारायण प्रसाद कंडेल तथा साधारण उपाध्यक्षमा कृष्णप्रसाद दुलाल र प्रकाश कपुरीलाई चयन गरेको छ । नाडाको विधान अनुसार ४ जना उपाध्यक्ष रहने व्यवस्था छ ।

यस्तै, महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल, कोषध्यक्षमा विक्रम सिंहानिया र सहकोषाध्यक्षमा नवराज डल्लाकोटीलाई चुनिएका हुन् ।

आजै नाडाले १३ जना सदस्य चुनेको छ । संस्थागत सदस्यतर्फ नवराज डल्लाकोटी, माधवप्रसाद पौडेललाई चयन गरेको छ ।

करण कुमार चौधरी, अभिक ज्योति, सुरज भट्टराई, दिपक अग्रवाल, मिलनबाबु मल्ल, पंकज अग्रवाल, नन्दकिशोर साही र निलमणी श्रेष्ठ साधारण सदस्यमा चुनिएका छन् ।

अध्यक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा र राजनबाबु श्रेष्ठ सदस्यमा मनोनित भएका छन् ।


क्लिकमान्डु