नयाँ वर्षमा कुन बाइकको के छ अफर ?



काठमाडौं । नयाँ बर्ष २०७४को सूरुवातसँगै मोटरसाइकल विक्रेता कम्पनीले ग्राहकका लागि विभिन्न योजना सार्वजनिक गरेका छन् ।

नेपाली बजारमा उपलब्ध मोटरसाइकल कम्पनीले नयाँ बर्षको अवसरमा ग्राहकका शतप्रतिशत ब्याक ब्याकदेखि १ बर्षसम्मको सर्भिसिङको योजना सार्वजनिक गरेका छन् ।

बजाज

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड को प्रालिले नयाँ वर्ष २०७५ को योजना–‘बजाज युगारम्भ’ सार्वजनिक गरेको छ । ‘नयाँ नेपालको नयाँ शुभारम्भ’ भन्ने नारा सहित नयाँ योजना सुरु गरेको हो ।

योजना अन्र्तरगत ‘७ हजार ५०० रुपैयाँ स्योर सट अफर’ स्कीम अन्तर्गत कुनैपनि बजाजका बाइकहरु खरिदमा हरेकले तत्काल ७ हजार ५ सय रुपैयाँ नगद छुट पाउनेछन् । साथै हरेक खरिद कर्तालाई हरेक दिन हुने लक्की ड्रमा समाबेस गराइने छ । जहाँ भाग्यसाली ग्राहकले ७५ हजार रुपैयाँ हरेक दिन जित्न सक्ने कम्पनी जानकारी गराएको छ ।

यामाहा

यामाहाले चैत १ गतेदेखि नयाँ वर्षको लागि ‘आमन्त्रण’ नामको योजना ल्याएको छ । ‘आमन्त्रण’ योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउँनेछन् । स्क्र्याच बुकमा ५ वटा पाना हुनेछन् ।

सो बुकमा स्क्र्याच गर्दा ग्राहकले ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’पाउँनेछन् । साथै बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउँनेछन् । यामाहाको नयाँ वर्ष योजना चैत १देखि बैशाख ३१ गतेसम्म चल्नेछ ।

टिभीएस

टिभीएसले नयाँ वर्षको अवसरमा ‘नयाँ बर्षको सुरुवात, जीवन भरको साथ’ नामक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत टिभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा ८ हजार १ रुपैयाँ तुरुन्त प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यो योजना टिभीएसका सम्पूर्ण आधिकारिक बिक्रेता तथा शोरुममा लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ बर्षको अवसरमा प्रदान गर्न लागिएको सो योजना आगामी केहि महिनासम्म उपलब्ध रहने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले देश भर ३ एस (सेल्स, सर्भिस र स्पेर्स) सहितको अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

 

बेनेली

बेनेली मोटरसाइकलले नयाँ बर्षको उपलक्ष्यमा ‘गेट वान इएर सर्भिस’ र फ्रि राइडिङ गियरको योजना सार्वजनिक गरेको छ ।

कम्पनीका अनुुसार यो योजना बेनेली ३०२ आरको खरिदमा मात्र लागु हुनेछ । गेट वान इएर सर्भिसमा ग्राहकले पूर्व बीमा र पूर्व सर्भिसीङको सुविधा एक बर्षका लागि प्राप्त गर्न सक्नेछन् । यस्तै फ्रि राइडिङ गियरमा ग्राहकले ५० हजार रुपैयाँसम्मको राइडिङ गियर प्राप्त गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।


क्लिकमान्डु