अर्नालाईको ‘अर्ना फेरि उठ्ने छ’ नेपालका प्रमुख शहरहरुमा आउँदै



काठमाडौं । अर्नालाइटले विगतमा जस्तै यस पटक पनि ‘फेरि उठ्नेछ नेपाल’ वाषिर्क कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस वर्ष व्यान्डवागनको साथ ‘अर्ना, फेरि उठ्ने छ नेपाल’ भन्ने नयाँ अवधारणाका साथ अभियान चल्नेछ ।

यस पटक सो इभन्टमा प्रोजेक्ट वानव्यान्डले एकताको सन्देश दिँदैछ । प्रोजक्ट वान नयाँ ब्यान्ड हो, जुन विभिन्न उत्कृष्ट रक ब्यान्ड सदस्यहरुद्वारा संगठित गरिएको हो छ ।

यसको स्थापना व्यान्डवागनका प्रबन्ध निर्देशक विकेश कायस्थले गरेका हुन् । प्रोजक्ट वान व्यान्डमा मुक्ति शाक्य, रविन तामाङ, स्वप्नील शर्मा, निरन शाही, हरि महर्जन, शरद श्रेष्ठ, रोशन कंशाकार लगायत निखिल तुलाधर छन् ।

ब्यान्डले हालै फेरि उठ्ने छ नेपाल नामक नयाँ म्युजिक भिडियो बजारमा गत ३० मार्च मा ल्याएको छ ।

अर्ना बियरको कार्यक्रम निम्नानुसार छ ।
७ अप्रिल-नारायणगढ
२१ अप्रिल-धरान
२८ अप्रिल-बनेपा
४ मे-धनगढी
१२ मे-पोखरा
१६ मे-बिराटनगर
१९ मे-इटहरी
२६ मे-भैरहबा
२ जुन-काठमाडौं


क्लिकमान्डु