तेन्जिङ इनर्जी ड्रिंक्स नेपाली बजारमा



काठमाडौं । पर्वातारोही तेन्जीङ शेर्पाको नाम उत्पादन गरिएको शक्तिवर्धक जुस ‘टेन्जीङ’ नेपाली बजारमा भित्र्याइएको छ । रेडबुलले शतप्रतिशत प्राकृतिक ड्रिंक्स ‘तेन्जिङ’ नेपाली बजारमा भित्र्याएको हो ।

पर्वातारोही तेन्जिङ शेर्पाको सम्झनामा उनको नाममा इनर्जी ड्रिंक्स उत्पादन गरिएको रेड बुलका मार्केटीङ डाइरेक्टर हिउव भ्यान बोकेलले जानकारी दिए ।

प्राकृति ड्रिंक्स हिमाली ढुङ्गाको तत्व, हरियो कफी, बिट सुगर, गौराना र कागतीको रसबाट निर्माण गरिएको कम्पनीले दाबी गरेको छ । जुसमा ५ प्रतिशत प्रोटिनको मात्रा छ । जुसमा स्वास्थ्यलाई असर नगर्ने मात्रमा चिनी राखिएको कम्पनीले दाबी गरेको छ । ग्रीन टी समेत मिसाइएको ड्रिंक्स स्वास्थ्यका दुष्टीकोणले राम्रो मानिन्छ ।

‘बजारमा कृतिम शक्तिवर्धक इनर्जी ड्रिङ्कसको बाक्लो उपस्थिति छ, यस्तो अवस्थामा प्राकृतिक रुपमा उत्पादन गरिएको ड्रिंक्सले उपभोक्ताको स्वास्थ्यलाई खराबी गर्दैन,’ बोकेलले भने ।

ग्रीन टी मा पाइने एल थि नाइन नामक तत्व पनि पाइने बोकेलले बताए ।


क्लिकमान्डु