रेनोको नयाँ स्वरुम नक्सालमा




काठमाडौं । रेनोको नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स् (विशाल ग्रुप अन्र्तगतको कम्पनी)ले शोरुम ‘स्टेट आफ आर्ट शोरुम’ काठमाडौंको नक्शालमा संचालनमा ल्याएको छ । एड्भान्स अटोमोवाइल कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख नविन मिश्रले शोरुमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

ग्राहकलाई रेनो कार, स्पेयर पार्टस र सर्भिसको सहज सुविधा दिनका लागि नयाँ शोरुम संचालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

ग्राहकको माग बढ्दै गएकाले शोरुम विस्तार गरिएको प्रमुख मिश्रले बताए ।


क्लिकमान्डु