अबदेखि सार्बजनिक सवारीमा गीत सुन्न नपाइने




काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा गीत संगित बजाउँदा रोयल्टी तिर्नु पर्ने निर्णय गरेसँगै व्यवसायीले सो निर्णयको विरोध गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरोकारवाला निकायसँग छलफलबिनै सरकारले लागू गरेको संगित रोयल्टी नुबझाउने निर्णय गरेका छन् ।

महासंघको सोमबार बसेको आस्मिक वैठकले संगित रोयल्टीको विरोध गरेको हो । महासंघले आफ्ना सबै मजदुरलाई सोमबारदेखि नै सवारी साधनमा गीत संगित नबजाउन निर्देशन गरेको छ ।

यायायात व्यवस्था विभागले आइतबार मात्रै यातायात व्यवस्था कार्याविधि निर्देशिकका संशोधन गर्दै म्युजिक रोयल्टी वापतको रकम चुक्ता गरेपछि मात्रै सवारी रुट नविकरण तथा नयाँ सार्वजनिक सवारी दर्ता गराउने व्यवस्था सुरु गरेको थियो ।

सरकारले न्यूनतम एक हजार रुपैयाँदेखि २ हजार रुपैयाँसम्म लाग्ने गरी म्युजिक रोयल्टी तोकेको थियो । सरकारी निर्णय भएको २४ घन्टा नबित्तदै व्यवसायीले सबारी साधनमा गीत संगीत नबजाउने निर्णय गरेका हुन् ।


क्लिकमान्डु