बर्जर पेन्ट्सले सार्वजनिक स्थलको संरक्षण एवं संवद्र्धन गर्ने




काठमाडौं । बर्जर पेन्ट्सले सार्वजनिक स्थलको संरक्षण एवं संवद्धर्न गर्ने भएको छ । बर्जर पेन्ट्स मिस नेपाल २०१८ सँगको सहकार्यमा पुल्चोक इन्जिनियरिङ कलेज अगाडि भेलाको आयोजना गरी सार्वजनिक स्थलको संरक्षण एवं संवद्र्धनका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतनाकार्यक्रम सम्पन्न गर्ने भएको छ ।

यस कार्यक्रममा मिस नेपाल २०१८ का सबै २५ प्रतियोगीहरु सहभागी हुनेछन् । उनीहरु सबै पुल्चोक इन्जिनियरिङ कलेज अगाडी उपस्थित भएर बर्जर नेपालको पेन्ट्सका विविधता पूर्ण एवं आकर्षक रङ्गहरु मार्फत् सार्वजनिक स्थलको संरक्षण एवं संवद्र्धनको सन्देश प्रवाह गर्ने उद्देश्यलाई साथ दिनेछन् । मिस नेपालमा एकजना बर्जर्स मिस ग्ल्यामरबाट पनि विभुषित हुनेछन् ।


क्लिकमान्डु