टाटा मोटर्स र सिप्रदी ट्रेडिङको आयोजनमा ‘वाकाथन’ सम्पन्न



काठमाडौं । शिक्षामा समानता आजको आवश्यकता भन्ने मुल नाराको साथ टाटा मोटर्सले तथा सिप्रदी ट्रेडिङले आइतबार राजधानीमा वाकाथन आयोजना गरेको छ ।

टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङको संयुक्त प्रयासमा आयोजित वाकाथनको प्रमुख उद्देश्य नेपाली शिक्षा जगतमा सकारात्मक योगदान पुर्याउनु रहेको जानकारी गराइएको छ ।

यस कार्यक्रममा सहभागी हरेक व्यक्ति बराबर एक हजार रुपैयाँका दरले टाटा र सिप्रदीद्वारा शिक्षा क्षेत्रको विकासका लागि आर्थिक सहयोग प्रदान गर्नेछ ।

करिब पाँच सय जनाको सहभागिता भएको वाकाथन टाटा मोटर्स को शोरूम रहेको थापाथली बाट सुरू भई त्रिपुरेश्वर, रत्नपार्क, भद्रकाली, माइतीघरहुँदै पुनःथापाथली स्थित टाटाको शोरूममा आएर समापन गरिएको थियो ।

टाटा मोटर्स नेपालको लागि कन्ट्रि म्यानेजर अजितनारायण सिंहले नेपालको शिक्षा जगतको विकास र विस्तारको लागि केहि नयाँ प्रयास गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले यस्ता कार्यक्रमले शिक्षा सम्बन्धि चेतनाको विकासको लागि ठूलो भूमिका खेल्ने र अरुलाई पनि यस्तै कार्य गर्न उत्प्रेरणा दिने विश्वास व्यक्त गरे ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ सम्शेर राणाले सिप्रदीले सधैं सामाजिक उत्तरदायित्व प्रभावकारी ढंगले पुरा गर्न कटिबद्ध रहेको बताए ।


क्लिकमान्डु