काठमाडौं उपत्यकामा ‘होप अन होप अफ’ गाडी चलाइने



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले काठमाडौं उपत्यकामा पर्यटकका लागि लक्षित गर्दै ‘होप अन होप अफ’ गाडी सञ्चालन गर्ने बताएका छन् ।

मन्त्री अधिकारीले उपत्यकाको अस्तव्यस्त सार्वजनिक सवारीका कारण पर्यटकका लागि सास्ती भएको भन्दै सुविधासम्पन्न गाडी सञ्चालन ल्याउने बताए ।

अस्तव्यस्त सार्वजनिक सवारीका कारण उपत्यकामा पर्यटकले आमरादायी यात्रासँगै घुम्न सक्ने अवस्था छैन् ।
उपत्यकाका एक पर्यटकीय गन्तव्यकबाट अर्को पर्यटकीय गन्तव्यकासम्म पुग्नका लागि कुनै सवारीको व्यवस्था छैन ।

काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका पर्यटकीय गन्तव्यको प्रचार र सबै पर्यटक सबै गन्तव्यका पुग्न सहजता कै लागि होप अन होप अफ सवारी सञ्चालन गर्न लागिएको मन्त्री अधिकारी बताउँछन् ।

उपत्यकाको पर्यटकीय केन्द्रमा होप अन होप अफ सवारी सञ्चानलको अध्ययन गर्न पर्यटनमन्त्री अधिकारीले नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।

कस्तो बस

होप अन हो अफ भनेको एक पयर्टकीय गन्तव्यबाट सञ्चालन भएको बस अर्को पर्यटकिय गन्तव्यमा गई रोकिने बस हो ।

यो बस कामठमाडौंको पशुपति नाथबाट सञ्चालन भएको छन् भने अर्को पर्यटकीय गन्तव्य स्वयम्भुमा पुगि यात्रु झार्ने र फेरी त्यहाँको यात्रु बोकेर अर्को पर्यटकीय गन्तव्य बसन्तपुर आउँछ । बसन्तपुर बाट फेरि पाटन दरबार जाने गरी सञ्चान हुने पर्यटन बोर्डका प्रवक्ता शरद बताउँछन् ।


क्लिकमान्डु