नयाँ बर्षको अवसरमा टिभीएसको मोटरसाइक तथा स्कुटरको खरिदमा ८ हजार रुपैयाँ छुट



काठमाडौं । टिभीएसले नयाँ वर्षको अवसरमा ‘नयाँ बर्षको सुरुवात, जीवन भरको साथ’ नामक नयाँ योजना सार्वजनिक गरेको छ ।

गत हप्ता एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यस योजना अन्तर्गत टिभीएसको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा ८ हजार १ रुपैयाँ तुरुन्त प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार टिभीएसको कुनै पनि आधिकारिक बिक्रेता तथा शोरुमबाट सो योजनाको फाइदा लिन सकिन्छ।

नयाँ वर्षको अवसरमा ग्राहकको सम्मान सहित उपहार स्वरुप क्यास ब्याक दिन लागिएको कुरा कम्पनीका बजार प्रमुख बिक्रम पौडेलले जानकारी दिए।

नयाँ बर्षको अवसरमा प्रदान गर्न लागिएको सो योजना आगामी केहि महिनासम्म उपलब्ध रहने कम्पनीले जनाएको छ।

देशै भरि ३ एस (सेल्स, सर्भिस र स्पेर्स) सहितको अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको टिभीएसले ग्राहकहरु प्रति समर्पित यस्ता योजनाहरु ल्याउदै आएको छ।


क्लिकमान्डु