यातायात ब्यवसायी भन्छन्- २० बर्ष पुराना गाडी चलाउन पाउनु पर्छ




काठमाडौं । देशभरका यातायात व्यवसायीले सरकारसँग २० वर्षे पुराना गाडी प्रयोग गर्न पाउनु पर्ने माग राखेका छन् ।

व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले २० वर्षे पुराना सवारी प्रयोग गर्नु पाउ भन्दै यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले चैत १ देखि सडकमा गुडेका २० वर्षे पुराना सवारी साधनलाई अनुगमन गर्दै कारबाही थालेका छ । यातायात व्यवस्था विभागले २०७३ फागुनदेखि उपत्यकामा २० वर्षे सवारी प्रयोग प्रतिबन्द लगाउने निर्णय गरेको थियो ।

उपत्यकामा २० वर्षे पुराना सवारी प्रतिबन्ध गराउन सफल भएपछि सरकारले देशभरी नै २० वर्षे सवारी प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सरकारले पहिलो चरणका उपत्यकामा २० वर्षे सवारी प्रतिबन्ध लगाउँदै देशभरी २० वर्षे सवारी प्रतिबन्ध लगाउन थालेको हो । २० वर्षे सवारी प्रतिबन्ध लगाउने निर्र्णय २०७३ सालकै निर्णय हो । व्यवसायीले उपतयकाका २० वर्षे सवारी प्रतिन्धनपछि पुराना थोत्रा गाडी ग्रामीण सडकमा प्रयोग गर्दै आएका थिए ।

खर्बौं रुपैयाँ लगानी रहेको यातायात क्षेत्रले वार्षिक अर्बौं रुपैयाा राजस्व तिरेको व्यवसायीको भनाइ छ । यातायात क्षेत्रमा देशभर पाँच लाख भन्दा बढीले प्रत्येक्ष रोजगारी पाएका छन् । देशमा आपत पर्दा पनि आफ्नो परिवार नभन्दै सार्वजनिक सवारीको सेवा दिएको क्षेत्रमा विना मापदन्ड २० वर्षे सवारी प्रतिबन्धको निर्णय वैज्ञानिक नभकएको महासंघको भनाइ छ ।

सरकारी यो निर्णयले राज्यलाई अर्बौ रुपैयाँ राजस्व कमी हुनका साथै रोजीरोटी पाएका मजदुर समेत बेरोजगार हुने महासंघको भनाइ छ ।

यसैगरी ग्रामीण सडकमा यात्रुले पाउँदै आएको यातायातको सेवा समेत अवरोध हुने व्यवसायीको भनाइ छ । विना विकल्प २० वर्षे सवारी प्रतिबन्धका कारण ग्रामीण सडकमा सवारी आवामन समेत बन्द हुने अवस्था आएको व्यवसायीको भनाइ छ ।

सरकारले भने पुराना गाडीका कारण प्रदुषण बढेको र यात्रा जोखिमपूर्ण भएको भन्दै प्रतिबन्ध सुर गरेको हो ।

उपत्यकामा २० वर्षे सवारी प्रतिबन्धकै कारण आधुनिक र सुविधा सम्पन्न सवारी प्रयोगमा आइसकेका छन् ।


क्लिकमान्डु