डाइनाप्याकका सडक निर्माण औजारका परिमार्जित संस्करण नेपाली बजारमा



काठमाडौं र सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ । नेपाल कन्ष्ट्रक्सन एण्ड इन्जिनियरिङ कर्पोरेशन (एनसीइसी) ले सो ब्राण्डका परिमार्जित संस्करण उपकरण नेपाली बजारमा भित्र्याएको हो ।

नेपालमा आफ्ना उत्पादनको बिक्री बितरण सुरु गरेको १० वर्षको उपलक्ष्यमा डाइनाप्याकले परिमाजित उपकरण भित्र्याएको हो ।

सन् २००८ देखि नेपाली बजारमा आफ्ना उत्पादनको बिक्री बितरण गरिरहेको डाइनाप्याकको आधिकारिक बिक्रेता इनसीइसी रहेको छ । एक कार्यक्रमका बिच एनसीइसीले परिमार्जित अत्याधुनिक प्रविधि युक्त परिमार्जित उपकरण भित्र्याएको हो । एनसीईसीका मुलुकभर रहेका बिक्री र सेवा केन्द्रमार्फत डाइनाप्याकका पछिल्ला संस्करणको बिक्री बितरण हुनेछ । एनसीइसीले विगत ६० बर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको छ ।

नेपाल कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थमणि राजभण्डारीले डाइनाप्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावट अनुकुल रहेको बताए ।

‘नेपालको भौगोलिक विकटतामा पनि डाइनाप्याकका उत्पादनले सडक निर्माणको काम सहज रुपमा गर्नेछ, पछिल्ला संस्करणमा थपिएका सुरक्षा प्रविधिले हामी नेपालको बजारमा स्थापीत हुनेमा आशावादी छौं,’ राजभण्डारीले भने ।

जर्मनीको वार्डेनबर्गमा मुख्यकार्यालय रहेको ड्यानप्याकले क्षेत्रीय बिक्रेता र सेवा केन्द्र, तथा वितरकसंगको साझेदारी मार्फत बिश्वभरमा आफ्ना उत्पादनको बिक्री बितरण गर्दै आएको छ । जर्मनी, स्विडेन, चीन, ब्राजिल र भारतमा उत्पादन प्लान्टहरु रहेका छन् ।

‘नेपालको विकास निर्माण तथा पूर्वाधार निर्माणगर्ने राष्ट्रिय महत्वका आयोजनामा सहभागी हुन पाउँदा गौरवान्वित भएका छौं ।’ फायाट ग्रुप, डाइनाप्याक इन्डियाका प्रबन्ध निर्देशक मुकुल चक्रवर्तीले भने ।

ड्यानप्याककालागि रातो रंग सधै नै महत्त्वपूर्ण रङ साबित भएको बताएका चक्रवर्तीले सोही रंगका कारण ब्राण्डको भ्यालुलाई विशिष्ट र थप उपयोगी बनाएको बताए ।

‘नयाँ रंगहरुले भविष्यको छवी र डाइनाप्याकको ब्राण्डको आत्मालाई समर्थन गर्छ,’ उनले भने ।


क्लिकमान्डु