केटीएमले पहिलो ‘अरेन्ज स्टन्ट’ प्रतिस्पर्धा आयोजना गर्ने



काठमाडौं । केटीएमले नेपालमा पहिलो अरेन्ज स्टन्ट प्रतिस्पर्धा “रोरिङ गेयर्स”आयोजना गर्ने भएको छ । आउँदो शनिबार सातदोबाटो स्वीमिङ कम्प्लेक्समा आयोजना हुने सो कार्यक्रममा बाइक स्टन्ट देखाउन चर्चित स्टन्ट राइडर रोक बगारोज् स्लोभेनीयाबाट नेपालमा आएका छन् ।

नेपालमा केटीएम बाइकको आधिकारीक  बिक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले केटीएम बाइक बिक्री गर्ने गरेको छ ।

कम्पनीले साे कार्यक्रमको बारेमा बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

शनिबार हुने सहभागीहरु सो प्रतिस्पर्धामा  सहभागीताका लागि विभिन्न बाइक राइडरहरुलार्इ छानिएको कम्पनीले जानकारी दिएको छ ।

 


क्लिकमान्डु