टाटा मोटर्स्को २५औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा



काठमाडौं । टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि ले २५औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा स्थापना गरेको छ ।

बागडोलमा अवस्थित नयाँ सर्भिस सेन्टरबाट ग्राहकले हप्तामा ६ दिन सेवा प्राप्त गर्नेछन् । उक्त सर्भिस सेन्टर ७,७५० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । ग्राहक वर्गको आवश्यकता अनुसार कला कौशलले सुसज्जित सुक्ष्म रुपमा बिक्रि पछिको सेवा पूर्ण रुपले उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।

‘हाम्रो ब्राण्ड लाई एकदमै विश्वास गरिदिनु भएकोमा ग्राहकवर्ग तथा हाम्रो सहकर्मी सिप्रदी ट्रेडिङ प्रा.लि. प्रति आभार प्रकट गर्दछौं ।ग्राहकवर्गको रोजाई र नयाँ सेवा सुविधा सहित बिक्रि पछि को सेवालाई महत्व दिएको कारणले बढ्दो उत्पादनले उत्कृष्टताको साथै जोखिम कम गर्नमा महत्व पु¥याउछ,’ टाटा मोटर्सका ग्राहक सेवा प्रमुख सचिन सहानीले भने ।


क्लिकमान्डु