बुध्द एयरका रोयल क्लब सदस्यलाई मेडिसिटि अस्पतालमा विशेष छुट



काठमाडौं । नेपाल मेडीसिटि अस्पतालमा बुध्द एयर रोयल क्लवका सदस्यहरुलाई विशेष सहुलित दिने गरि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेत र नेपाल मेडीसिटि अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बुध्द एयरका कर्मचारी तथा त्यसका नियमित यात्रुहरुलाई समेत नेपाल मेडिसिटीले विशेष छुटको व्यवस्था गरेको छ ।

सम्झौतापश्चात् बुध्द एयरका प्रवन्ध निर्देशक बस्नेतले यस सम्झौताबाट रोयल क्लबका सदस्यहरुका साथै आफ्ना कर्मचारीहरु पनि लाभान्वित हुने बताए।

स्वस्थ नागरिक बनाई समृद्धिको मार्गमा अघि बढ्न मेडीसिटि अस्पतालको स्थापना एउटा अभियानको रुपमा सुरुवात भएको अस्पतालका अध्यक्ष डा. महतोले बताए ।


क्लिकमान्डु