कतार एयरवेजको जहाजले गलत ‘एप्रोज’ लिदाँ १ घन्टा आकाशमा होल्ड



काठमाडौं । दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेजको जहाजले गलत बाटो समाउँदा ल्यान्डिङमा समस्या भएको छ ।

दोहाबाट काठमाडौंको लागि उडान भरेको कतार एयरवेजको उडान नम्बर ६५२ कोे जहाजले गलत बाटोबाट ‘एप्रोज’ लिएपछि समस्या आएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले ‘गुराँस’ प्वाइन्टबाट आउनुपर्नेमा अन्यत्रबाट एप्रोज लिएपछि अवतरणमा समस्या आएको हो । जहाज झन्डै ४५ मिनेट आकाशमा होल्ड भएको थियो ।

मौसमको कारण एप्रोज अन्यत्रबाट लिएको हुन सक्ने विमानस्थल कार्यलयले जनाएको छ । गलत एप्रोज लिदाँ विमानस्थलमा अन्य विमानहरुलाई उडान÷अवतरणमा समस्या आएको थियो । जहाजले १०ः३० मा अवतरणमा गर्नुपर्नेमा ११ बजेसम्म आकासमा होल्ड भएको थियो ।


क्लिकमाण्डू