वर्ल्डलिंकले ल्यायो ‘हाम्रो स्कुल’, एक महिना निःशुल्क



काठमाडौं । नेपाली शैक्षिक क्षेत्रमा रहेको पठनपाठन प्रणालीमा नौलो आयाम थप्दै वर्ल्डलिंकले ईन्टरनेटको माध्यमबाट घरमै बसि–बसि विभिन्न तहको कोर्सहरु अध्ययन गर्न सकिने ‘वर्ल्डलिंक हाम्रो स्कुल’ ई-लर्निङ सेवा सञ्चालनमा ल्याएको छ ।

समयसापेक्ष रुपमा आधुनिक समयमा शैक्षिक क्षेत्रमा परिमार्जन गर्ने उद्देश्यका साथ वल्र्डलिंकले यो सेवा मिदास ई-क्लास सँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो ।

वर्ल्डलिंकले इन्टरनेट सर्भिस प्रोभाइडरको क्षेत्रमा पहिलोपटक सम्पूर्ण विद्यार्थीहरुको अध्ययनलाई मध्यनजर गरी यो सेवा ल्याइएको छ ।

यो सेवा प्रयोग गर्नका लागि ग्राहकहरुले वर्ल्डलिंकमा दर्ता गरी एक महिना निशुल्क सेवा प्राप्त गर्न सक्ने छन् ।

यो पद्धतिमा विद्यार्थीहरुले जुनसुकै समयमा घरैमा बसि-बसि भिडियो र अडियोको माध्यमबाट रमाइलो गर्दै पढाईमा ध्यान केन्द्रित गर्न सक्छन् ।

विद्यालय स्तरका विद्यार्थीहरुको इन्टरनेट प्रतिको बढ्दो आकर्षणसँगै उज्वल भविष्यका लागि इन्टरनेटको माध्यमबाट पठनपाठन गर्न सकिने हुँदा उनीहरुको समय र शैक्षिक गुणस्तर अभिवृद्दि हुँदै राष्ट्रको शैक्षिक स्तर अभिवृद्दि हुने अपेक्षा रहेको छ ।


क्लिकमान्डु