चीनको होहोटका दुई लाख जनालाई गरिबीबाट मुक्ति



चीन । उत्तरी चीनको एक क्षेत्र होहोटमा सन् २०१७ मा करिब २ लाख व्यक्तिलाई गरिबीबाट मुक्त गरिएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

ती व्यक्तिलाई गरिबीको रेखाबाट माथि उठाउने काममा चीन सरकारले ठूलो लगानी गरेको पनि समाचारमा जनाइएको छ ।

स्थानीय अधिकारीहरूले जनाएअनुसार सरकारले ती विभिन्न क्षेत्रमा १२.१ अर्ब युनान अर्थात १.९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक कार्यक्रम लागू गरेर उनीहरूलाई गरिबीबाट मुक्त गरेको बताइएको छ ।

ठूलो रकम लगानी गरेको हुनाले गतवर्ष २ लाख व्यक्ति गरीबीको रेखाबाट माथि उठेको यहाँका स्थानीय अधिकारीहरूले जनाएका छन् ।

कैयौँ बर्षदेखि अत्यन्त नाजुक इलाकामा बस्दै अएका करिब ५० हजार व्यक्तिलाई स्थानीय सरकारको सहयोगमा गतवर्ष अन्यत्र सारिएको पनि बताइएको थियो ।

सरकारले सो क्षेत्रमा यस वर्ष अर्थात् सन् २०१८ मा पनि नागरिकको जीवनस्तर सुधारका कार्यक्रमहरू सञ्चालन गरी थप २ लाखलाई गरिबीबाट मुक्त गरिने जानकारी गराइएको छ ।


क्लिकमान्डु