राष्ट्रियसभाका लागि दललाई चुनाव चिन्ह कसलाई के (सूचीसहित)



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा २१ राजनीतिक दललाई चुनाब चिन्ह प्रदान गरेको छ । आयोगले आज एक सूचना प्रकाशित गरी यही माघ २० गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि ती दललाई चुनाव चिन्ह दिएको हो ।

कुल ५९ सदस्यीय राष्ट्रियसभामा ५६ सदस्यका लागि निर्वाचन हुन लागेको छ । बाँकी ३ सदस्य भने राष्ट्रपतिले मनोनय गर्ने व्यवस्था रहेको छ ।

राष्ट्रियसभामा नेकपा(एमाले), नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, राजपाकोबीचमा नै प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धन निर्माण गरी सहकार्य गरेका एमाले र माओवादी केन्द्य्रले राष्ट्रियसभा निर्वाचनमा पनि सिट बाँडफाड गरिसकेका छन् । एमालले २९ सिट र माओवादी केन्द्रले १४ सिटमा संयुक्त उम्मेदवारी दिनेछन् । अरु बाँकी रहेको सिटमा भने छलफलपछि टुंगो लगाइनेछ । काँग्रेस भने छलफलमा रहेको छ ।

गाँउपालिका, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेशसभाका सांसद राष्ट्रियसभामा मतदाता रहेका छन् ।

आयोगले ती दलले विगतमा प्राप्त गरेका चिन्ह नै प्रदान गरेको छ । काँग्रेसलाई रुख, एमालेलाई सूर्य, माओवादी केन्द्रलाई गोलाकारभित्रको हसिया हथौडा, संघीय समाजवादी फोरम नेपाललाई हातले समातेको मशाल, राजपालाई छाता , नयाँ शक्तिलाई देब्रे आँखा, विवेकशील साझा पार्टीलाई तराजु चुनाव चिन्ह दिइएको सूचनामा उल्लेख छ ।


क्लिकमान्डु