चीनले बन्द गरिदियो रसुवागढी नाका



काठमाडौं । नेपालको मुख्य नाका रसुवागढी नाका चिनले वन्द गरेको छ । ल्होसार पर्वका कारण चिनियाँ सामग्री आयातको काम सोमवारदेखि ठप्प भएको छ ।

नेपाल पठाइने सामग्री ट्रक कन्टेनरमा राख्ने जिम्मा लिई केरुङमा काम गर्दै आएका ट्रान्सपोर्टहरुले ल्होछार मनाउन सात दिनका लागि सामान नराख्ने सूचना जारी गरेपछि नाका वन्द गरिएको हो ।

यही माघ ८ गतेदेखि ढुवानी सेवा पुनःसञ्चालन हुने बताइएको छ । गत वर्ष पनि यही समयमा एक साता ढुवानी बन्द भएको थियो । नेपाल आयात हुने सामान लिन जाने ट्रक र कन्टेनरलाई केरुङ जान भने नरोकिएको बताइएको छ । मालवाहक ट्रक र कन्टेनर बन्द हुँदा टिमुरे क्षेत्रको चहलपहलमा कमी आएको स्थानीयवासीले बताएका छन् ।

यो ल्होसार तिब्बतीहरुले धुमधामका साथ मान्ने गर्दछन् । मोटरमा सामान अदलबदल गर्ने सबै कामदार तिब्बती भएका कारण काम बन्द गरेको जानकारी दिएको छ ।


क्लिकमान्डु