सुन तस्करीका फरार अभियुक्त राहुल गोयल पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करीको अभियोगमा फरार रहेका सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक राहुल गोयललार्इ पक्राउ गरेको छ । पुस ९ गते यूएर्इ दुबईबाट ल्याएको ३३ किलो ५७७.४० ग्राम सुन अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरी सके पश्‍चात तिलगङ्गा पिङलास्थानमा समातेको थियो ।

सो अभियोगमा १२ जना प्रतिवादीहरु पक्राउ गरी ३३ जना प्रतिवादीहरु बिरुद्द संगठित अपराध अन्तर्गत अनुसन्धान गरि काठमाण्डौ जिल्ला अदालतमा मुद्धा दायर गरिएको थियो । सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक गोयल भने सोहि समयदेखि फरार रहेका थिए ।

निज गोयललार्इ पुस २६ गते पक्राउ गरिएको व्यूरोले जनाएको छ ।


क्लिकमान्डु