राष्ट्र बैंकका संचालक बिकेमान सिंहलाई काममा फर्कन सर्बोच्चको आदेश



काठमाडौं । नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्य बिकेमान सिंहलाई काममा फर्कन सर्बोच्च अदालतले आदेश दिएको छ ।

गत पुस २६ गते न्यायधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको सयुक्त इजलाशले यसअघि दिएको अन्तरिम आदेश खारेज गरिदिएको छ ।

गतवर्ष मंसिर ३ गते अधिवक्ता शम्भु दुवाडीले बिकेमान सिंहको नियुक्तीमा उनको योग्यताको प्रश्न उठाउदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय विरुद्ध उत्प्रेषणको मुद्दा दायर गरेका थिए ।

गतवर्षको पुस २१ गते तत्कालिन सर्बोच्च अदालतका प्रधानन्यायधीश शुसीला कार्की र प्रकाशमानसिंह राउतको सयुक्त इजलाशले बिकेमान सिंहलाई राष्ट्र बैंकको संचालकमा काम नगर्न अन्तरिम आदेश दिएको थियो ।

गत पुस २६ गते सर्बोच्च अदालतका न्यायधीशद्वय केदारप्रसाद चालिसे र तेजबहादुर केसीको सयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गरेपछि सिंहलाई राष्ट्र बैंकको संचालकको रुपमा काममा फर्कन बाटो खुल्ला भएको हो ।

चार्टर्ड एकाउन्टेन्स रहेका सिंह ५ वर्ष अगाडि डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा राष्ट्र बैंकको संचालकमा नियुक्त भएका थिए ।

राष्ट्र बैंकको संचालक समितिमा गभर्नर अध्यक्ष तथा अन्य संचालकमा डेपुटी गभर्नरद्वय र अर्थसचिव तथा ३ जना संचालक मन्त्रीपरिषद्ले नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ ।

सर्बोच्च फैसलापछि राष्ट्र बैंकको संचालकको रुपमा काम गर्न बाटो खुल्ला भएको टिप्पणी सिंहले क्लिकमाण्डूसँग गरे । उनको कार्यकाल भने अब एक महिनामात्र बाँकी रहेको छ ।


क्लिकमान्डु