सरकारी निकायले प्रशोधन गरेको दुधमै खानै नहुने जिवाणु भेटियो




काडमाडौं । ‘दुग्धजन्य पदार्थ सेवन गरौं, निरोगी बनौं’ भन्ने आव्हान सुनेको धेरै भयो । यसको अर्थ के हो भने दुध खाए निरोगी बनिन्छ ।

तर, बजारमा पाइने दुधमा खानै नहुने जिवाणु रहेको पाइएको छ । यस्तो दुध सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्ने विज्ञले बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले गरेको नमुना परीक्षणमा सरकारी स्वमित्वको दुग्ध विकास संस्थानले उत्पादन गरेकै दुधमा स्वास्थ्यको लागि हानिकारक जिवाणु भेटिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

विभागले परीक्षण गर्दा संस्थानले बालाजुमा प्रशोधन गरेको दुधमा मानब शरीरका लागि हानिकरक जिवाणु कोलिफर्म पाइएको हो । कोलिफर्म रहेको दुध खाएमा झाडा पखलादेखि अन्य प्रकारका रोगसमेत जोखिम बढ्छ ।

‘साउन १ गतेदेखि कात्तिक मसान्तसम्म गरिएको अनुगमनका क्रममा भक्तपुरमा रहेको संजिवनी डेरी, थानकोटमा रहेको सुजल डेरी र बालाजुस्थित दुग्ध विकास संस्थानद्धारा प्रशोधित दुध दुषित भएको पाइको छ, यी दुधका नमुनामा अत्याधिक मात्रामा कोलिफर्म भेटियो,’ प्रवक्ता वस्तीले भने ।

यस्तै भैसेपाटीमा रहेको मिल्कमाण्डू डेरीले भने अनुमतिपत्र नै नलिइ दुध उत्पादन गरेको पाइएको छ । धापाखेलमा रहेको नेपाल डेरीद्धारा प्रशोधित दुधमा रहेको लेवलमा भविष्यको उत्पादन मिति राखेको पाइएको छ ।
खाद्य ऐन २०२३ अनुसार न्यूनस्तर मिसावट तथा दूषित खाद्य वस्तु उत्पादन तथा विक्री वितरण गरेको कसुरमा ५० थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यलयमा दायर भएको प्रवक्ता वस्तीले बताए ।

विभागले गरेको बजार अनुगमनमा ९ सय ३ नमूना संकलन गरिएको छ । संकलन गरिएको नमूना मध्ये १ सय १५ नमूनाहरु अर्थात १७ प्रतिशत प्रतिकूल पाइएको छ ।


क्लिकमान्डु