हेलिकप्टर दुर्घटनामा ७ को मृत्यु



काठमाडौं । अरब सागरमा भएको हेलिकोप्टर दुर्घटनामा ७ जनाको ज्यान गएको छ । उडान भरेको १० मिनेट पछिनै पवनहंश हेलिकोप्टर संम्पर्क बिच्छेद भएको भारतीय मिडियाले जनाएका छन् ।

मुम्बाई नजिकै भएको यस दुर्घटनामा ओएनजीसिका ५ कर्मचारी र २ चालक दलको मृत्यु भएको छ । अहिलेसम्म ४ जनाको शब फेलापरेको भारतीय संचार माध्यम दैनिक भाष्करले जनाएको छ ।


क्लिकमान्डु