सिद्धबाबा क्षेत्रमा ढुङ्गा खस्दा सिद्धार्थ राजमार्ग अबरुद्ध, सयौ गाडी जाममा



फाइल फोटो

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा ढुङ्गा खस्दा सडक अबरुद्ध भएको छ ।

सडकमाथिबाट ढुङ्गा खसेर पाल्पा-बुटबल सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । बुटबलदेखि पाल्पा हुर्दै स्याङ्जा, पोखरा, गुल्मी तथा बागलुङतर्फ जाने सवारीसाधन अहिले बीच बाटोमा रोकिएका छन् ।

अपराह्न ३ बजे तिनाउ गाउँपालिका-३, दोभानको नजिकै तल्लो सिद्धबाबा सडकमा ढुङ्गा खस्दा यातायातका साधन सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार अहिले केही मोटरसाइकल मात्र आवतजावत गरेका छन् । यस क्षेत्रमा बर्सेनि ढुङ्गा खस्दा यात्रुले अकालमा ज्यान गुमाउन बाध्य भएका छन् । रासस


क्लिकमान्डु