मुसिकोट सल्ले विमानस्थलमा चारदिन उडान



रुकुम । नेपाल वायुसेवा निगमले रुकुमको मुसिकोट सल्ले विमानस्थलमा अब साताको चार दिन उडान भर्ने भएको छ ।

यसअघि सातामा दुई उडान भर्दै आएको निगमले सोमबारदेखि थप दुई उडान भर्ने भएको हो । यसअघि निगमले आइतबार काठमाडौँ–सल्ले–नेपालगन्ज र सोमबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्दै आएको थियो ।

बुधबार काठमाडौँ–सल्ले–नेपालगन्ज र बिहीबार नेपालगन्ज–रुकुम–काठमाडौँ उडान भर्ने निगमको रुकुम सल्लेका स्टेशन इन्चार्ज रमेश शर्माले जानकारी दिए । उडान थप भएपछि यहाँका यात्रुहरुलाई सहज हुने भएको छ । यात्रुहरुको माग धेरै आएपछि उडान थप गरिएको शर्माले जानकारी दिए ।


क्लिकमान्डु