म्यानमारमा सुरुभयो पहिलो केबलकार सेवा



म्यानमार । म्यानमारमा पहिलो पटक केबलकार सेवा सुरु भएको छ ।

चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिएको म्यानमारको क्याइकटिओ प्यागोडामा केबलकार सेवा शुरु भएको समाचारमा जनाइएको छ ।

म्यानमारको मोन प्रदेशमा पर्ने गोल्डेन रकसमेत भनिने त्यस धार्मिक क्षेत्रमा केबलकार सञ्चालन गरिएको ग्योबल न्युलाइट अफ म्यानमारका अधिकारीले आइतबार जानकारी दिएका छन् ।

दक्षिण कोरियाको कि एसिया नामक कम्पनीले केबलकार सेवा सञ्चालनमा ल्याएको उनीहरुले बताएका छन् ।

देशकै पहिलो केबलकार सेवाको प्राकृतिक र वातावरण संरक्षण मन्त्री यु ओहन विनले शनिबार उद्घाटन गरे ।

सो सेवाका लागि छ ओटा टावर निर्माण गरिएको छ र तिनलाई जोडेर ४४ ओटा केबलकार सञ्चालन गरिएको छ । केबलकारको हरेक डिब्बामा बढीमा आठ जना बस्न मिल्ने व्यवस्था छ ।

याथेडाउङ पहाडदेखि क्याइक्टीओ प्यागोडासम्म कार सञ्चालन गरिएको सो केबलकारको यात्रा दश मिनेटको मात्र रहेको कर्मचारीले जनाएका छन् ।


क्लिकमाण्डू