भारतीय बजारमा गाडीको मूल्य बढ्दै, नेपालमा के होला ?

क्लिकमान्डु २०७४ पुष २ गते १०:१९ मा प्रकाशित

काठमाडौं । भारतमा रहेको अधिकांस गाडी उत्पादक कम्पनीहरुले सन् २०१८ को सुरुवात जनवरी देखिनै मूल्य बढाउने घोषणा गरेका छन् । प्रत्येक वर्ष सवारी उत्पादक कम्पनीहरुले मूल्य समायोजन गर्ने गरेका छन् ।

भारतीय बजारमा मूल्य बढ्ने वित्तिकै नेपालमा पनि आधिकांस सवारी भारतबाटै आउने भएको केही मूल्य बढ्ने निश्चित जस्तै भएको छ ।
आगामी सन् २०१८ को सुरुवातमै गाडीको मूल्य बढाउने घोषणाले भारतभर गाडी खरिद गर्नेहरुको चाप डिसेम्बर महिनमा देखिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

अन्य समयमा पनि भारतमा सवैभन्दा धेरै डिसेम्बर महिनामा कार बढी बिक्री हुने गरेको छ । आन्तरिक बजारमा कार खरिदकर्ताहरुका लागि डिसेम्बर महिना उपयुक्त समय रहेको पनि पाइएको छ ।

डिसेम्बरका लागि उपयुक्त समय भनिनुका पछाडि दुईवटा कारण रहेका छन् । पहिलो, जनावरीदेखि सबैजसो सवारी उत्पादक कम्पनीहरुले मूल्य वृद्धिको घोषणा गरेको र दोस्रो कारण हो सवारी कम्पनीहरुले डिसेम्बरमा छुट दिनु ।

डिसेम्बर महिनादेखि लागू हुने गरि विभिन्न कम्पनीहरुले विभिन्न मोडलमा ३५ हजारदेखि १ लाख भारुसम्म छुटको स्किम ल्याएका छन् । यो छुट गत वर्षको डिसेम्बरको तुलनामा १० देखि १५ प्रतिशत धेरै हो ।

नयाँ वर्षमा नयाँ मोडल आउने हुँदा सबैजसो सवारी उत्पादक कम्पनीहरुले स्टक क्लियरेन्सका लागि वर्षको अन्तिम महिनामा छुटमा सवारी उपलब्ध गराउने गरेका छन् ।

यो वर्ष भने धेरै छुट दिनुमा जीएसटीलगायत धेरै कारणहरु रहेका छन् । डिसेम्बरको पहिलो साता नै धेरै बिक्री गर्ने कार ब्रान्डहरू टाटा, फोर्ट, हुन्डाई, होन्डा, महिन्द्रा एन्ड महिन्द्रा तथा फक्सवागनले निःशुल्क, इन्स्योरेन्स, एक्सचेन्ज अफर, वास्तविक छुटमा पनि थप छुट उपलब्ध गराउने घोषणा गरेका हुन् ।

सस्तो तथा मध्यम कारमा मात्र होइन, विलाशी कारमा पछि छुटको घोषणा भएको छ । अडीले आफ्ना कारको खरिदमा ३ देखि ८ लाख भारुसम्म छुट दिने बताएको छ । सामान्य समयमै डिसेम्बर महिनामा सवारी उत्पादक कम्पनीहरुले भारी छुट दिने गरेका छन् । किनकि डिसेम्बर महिना कम कार बिक्री हुने समय हो । तर यो वर्ष जीएसटीका कारण धेरै रकम लागेको र यसले खरिदकर्ताको भावना समेत प्रभावित पारेको हो ।

सँगै जनवरीदेखि सवारीको मूल्य वृद्धिको घोषणा अधिकांश सवारी उत्पादकहरुले गरिसकेका छन् । टोयोटाले ३ प्रतिशत, महिन्द्रा एन्ड महिन्द्राले १.५ देखि ३ प्रतिशत, फोर्डले ४ प्रतिशत तथा होन्डाले १ देखि २ प्रतिशत मूल्य जनावरीदेखि लागू हुने गरि वृद्धि गरेका छन् । मर्सिडिज्-वेन्ज इन्डिया तथा टाटा मोटर्स वृद्धि गर्नेबारे निर्णय गर्ने चरणमा रहेका छन् ।

नेपालमा कस्तो असर
भारतीय बजारमा गाडीको मूल्य बढेसँगै नेपाली बजारमा गाडीको मूल्य बढ्ने निश्चित जस्तै रहेको छ । यदि भारतीय बजारमा १.५ देखि ४ प्रतिशतसम्म मूल्य बढ्दा नेपाली बजारमा त्यसको प्रत्येक्ष असर पुग्ने देखिन्छ । यसरी हेर्दा एउटा मध्यम मूल्यको कारमा करिब १ लाखको हाराहारीमा मूल्य बढ्न सक्छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस