बुटवलमा सुजुकि २ पांग्रेको एक्सचेन्ज अफरमा छुटै छुट



काठमाडौं । सुजुकी मोटरसाइकलको बिक्रेता भिजि सुजुकिको बुटवलको आधिकारिक बिक्रेता आरएस अटोमोबाइलस ले पुष ३ गते देखि ७ गतेसम्म ‘सुजुकि मेगा एक्सचेञ्ज मेला’ संचालन गर्ने भएको छ ।

उक्त एक्सचेन्ज मेलाको अबसर पारेर कम्पनिले कुनै पनि ब्राण्डका चालू अबस्थामा नरहेका, भण्डारण गरिएका, प्राबिधिक रुपमा जिर्ण रहेका मोटरसाइकल तथा स्कुटरसमेत लाई सोहि अबस्थामा नै न्युनतम २५००० को मुल्याङकन गर्ने जनाएको छ ।

साथै चालू अबस्थामामा रहेका पुराना मोटरसाइकल तथा स्कुटर को हकमा बजारमा प्रचलित मूल्य भन्दा १५ हजारअतिरिक्त बोनस रकम उपलब्ध गराएर एक्स्चेन्ज गर्ने आरएस अटोमोबाइलस का संचालक रेशम खड्काले जानकारी दिए।

हाल सुजुकिका नेपाली बजारमा उपलब्ध मोडलहरु जापानिज प्रबिधि युक्त भएको हुँदा यसको मजबुतिले सुजुकि प्रयोग कर्ता लाई आर्थिक रुपमा समेत बचत हुन जाने र छिटो छिटो साटफेर को झण्झट गर्नु नपर्ने हुनाले प्रयोग गर्न निकै सहज रहेको र ५ बर्ष सम्म को वारेन्टी भएको हुँदा निर्धक्क संग प्रयोग गर्न सकिने कम्पनिले जनाएको छ ।


क्लिकमान्डु