रेनोले ल्यायो सर्भिस भेइकल सेवा



काठमाडौं। रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल सेवा सुरुवात गरेको छ ।

रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा संचालनमा ल्याएको हो । यो सेवाबाट रेनोको उपभोत्ताहरुले लाभ लिन सक्नेछन् ।

रेनोको यो सेवाले बिशेष गरि काठमाडौँ उपत्यकाभरि फैलिएर रहेका आफ्ना ग्राहकहरुलाई प्रभावकारी र अत्यावस्यक समयको बेला तत्पर सेवाहरु प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो सेवा उपत्यकाका ग्राहकले घरबाटै प्राप्त गर्न सक्नेछन् । यस सर्भिस सेवा पूर्णत अत्याधुनिक र सुविधा सम्पन्न हुनुको साथै यो सेवाबाट कारमा आउने ८० प्रतिशत समस्या त्यही नै समाधान हुनेछन् ।

रेनो उपभोक्ताहरूले यो सेवा लिनको लागि १६६०(०१(१६६६६ टोल फ्री नम्बरमा कल गर्न सक्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु