१ रुपैयाँ डाउन पेइमेन्टमा टाटाका कार !



नयाँदिल्ली । नयाँ वर्षको सुरुवात हुन लागेसँगै भारतीय बजारमा अटो उत्पादकहरुले विभिन्न अफर ल्याउन थालेका छन् । अफरै अफरको भिडमा टाटा मोटर्सले ल्याएको अफर कार सौखिनहरुको लागि खुसीको खबर बन्न पुगेको छ ।

टाटा मोटर्सले अफ्ना उपभोक्ताहरुलाई १ रुपैयाँको डाउन पेइमेन्टमा कार किन्ने मौका दिने घोषणा गरेको भारतीय मिडिया दैनिक भाष्करको डिजिटल संस्करणले लेखेको छ ।

नेपालमा ६५ प्रतिशत भन्दा बढी अहिले कारमा फाइनान्स सुविधा पाईदैन । यस्तो अबस्थामा १ रुपैयाँ डाउन पेइमेन्टमा कार भन्दा हामीलाई आश्र्चय लाग्न सक्छ ।

कम्पनीले यो अफरका लागि ‘मेघा अफर सेलिब्रेसन क्याम्पेन’ नामक क्याम्पेन नै संचालन गर्दैछ ।

१ रुपैयाँ डाउन पेमेन्टमा कार
टाटा मोटर्सको अफर अनुसार सिर्फ १ रुपैयाँको डाउन पेमेन्टमा कम्पनीले कार किस्तामा दिन लागेको हो । यो अफर टाटाको जुनसुकै मोडलमा लागु हुने बताईएको छ । यसको लागी कम्पनीले बैंकहरुसँग पनि सम्झौंता गरिसकेका छन् । यस अबसरमा कम्पनीले आफ्ना केही मोडलहरुमा नगद छुट पनि राखेको छ ।

यसबाट कुनै ब्राण्डमा ग्राहकको १ लाखसम्म वचत हुने जनाइएको छ । कम्पनीका अनुसार टाटा मोटर्सले ग्राहकलाई शतप्रतिशत फाइनान्सिङको व्यवस्था मिलाएको छ ।

साथै टाटाले यो क्याम्पेन कस्टुमरहरुको लागि आफ्नो कार एक्सचेन्ज गर्न र ठूलो बचतको लाभ उठाउनको लागि एउटा उचित मौका भएको बताएको छ ।


क्लिकमान्डु