बजाजको इलेक्ट्रिक मोटरसाइकल उत्पादन सुरु, के १ लाखमा नै पाइएला नेपालमा ?



काठमाडौं । पछिल्लो समय नेपाली बजारमा इलेक्ट्रिक कार तथा स्कुटरले आफ्नो बजारमा हिस्सा बढाउदै लगेका छन् । यस्तोमा अब मोटरसाइकल समेत आउने भएको छ । बजाजले उत्पादन गरेको इलेक्ट्रिक मोटसाइकल सिटी-१०० नेपालमा ल्याउने तयारी भएको बुझिएको छ ।

सिटी १०० बजाजले उत्पादन गरेको मोटरसाइकलमा तेलबाट चल्ने सवैभन्दा सस्तो मोटरसाइकल रहेको थियो । बजाजले उक्त मोटरसाइकललाई इलेक्ट्रिक भर्सनमा समेत तयार पारेको हो । बजाज २०२० सम्ममा इलेक्ट्रिक भर्सनमा अपडेटेड भइसक्ने अभियान अन्तर्गत धमाधम इलेक्ट्रिक मोटरसाइकल उत्पादनमा केन्द्रित भएको छ ।

बजाजले सिटी-१००बी, सिटी-१००-इएस भर्सनमा उत्पादन गरेको छ । भारतीय बजारमा उक्त सिटी-१०० बी मोटरसाइकलको मूल्य ३८ हजार ८ सय भारु तोकिएको छ ।

त्यस्तैगरी सिटी-१०० इएसको मूल्य ४१ हजार ९ सय ९७ भारु रहेको छ । बजाजले उक्त मोटरसाइकलको सवैभन्दा ठूलो शोरुम भारतको महाराष्ट्रमा रहेको छ । बजाजले प्लाटीनीयम जस्तै भर्सनमा इलेक्ट्रिक मोटरसाइकल उत्पादन गरेको हो । उक्त मोटरसाइकलको १ सय २ सीसी इन्जिन क्षमता रहेको छ ।

मोटरसाइकल एकपटक फुल चार्ज हुदाँ ८९ किलोमिटरसम्म दौडने क्षमता रहेको छ । उक्त मोटरसाइकलको नेपालमा इलेक्ट्रिक गाडी तथा मोटरसाइकलको भन्सार मूल्य ५ प्रतिशत मात्रै रहेको छ । अन्तशुल्क नलाग्ने भएकोले नेपालमा भ्याट र भन्सार तथा २० प्रतिशत नाफा राख्दा १ लाखमै पाउन सकिने सम्भावना समेत रहेको छ ।


क्लिकमान्डु