संसारकै सस्तो कार बन्दै बजाज ‘क्युट’, ३६ किलोमिटर माइलेज, मूल्य कति ?



काठमाडौं । भारतीय अटोमोवाइल निर्माता कम्पनी बजाजले सस्तो मूल्यको ‘क्युट’ कार बजारमा ल्याउने भएको छ । मोटरसाइकल, स्कुटर र अटो रिक्सा उत्पादन गर्दै आएको कम्पनीले पहिलो पटक कार उत्पादन गरेको हो ।

अबको ४ महिनामा बजारमा ल्याउन लागिएको बजाज ‘क्युट’ बजाजले इन्डोनेसियाबाट लन्च गरिसकेको छ । यसको मुल्य १ लाख २८ हजार भारतीय मूल्य रहेको छ ।

बजाज ‘क्युट’ नाम दिइएको कार २७५२ मिलिमिटर लम्बाई, चौडाई १३१२ मिलिमिटर, उचाईं १६५२ मिलिमिटर र ह्विलबेस १९२४ मिलिमिटर रहेको छ ।

उक्त कारले ३६ किलोमिटर माइलेज दिने र अहिलेसम्म बनेका कारहरु मध्ये सबैभन्दा कम प्रदुषण गर्ने कम्पनीको दाबी रहेको छ ।

विभिन्न ६ रङमा उपलब्ध यो कारमा एसी, पावर स्टेयरिङ, वाइपर विन्डो, विद्युतीय मिटर र अडियो सिस्टम जस्ता विशेषता पनि छ ।

सानो क्षमताको इन्जिन भए पनि कारका रुपमा विकसित गरिएकाले यसलाई सुरक्षित मानिएको छ । यो कारमा २१६.६ सिसिको इन्जन जडान गरिएको छ भने अन्य कारको तुलनामा यो कार निकै हलुको रहेको छ । यसको कुल तौल ४५० केजी रहेको छ ।

डिजिटल ट्राइस्पार्क फोर भल्व इन्जिन राखिएको कारमा ०.२ लिटरको वाटरकुल्ड इन्जिन छ भने ५ वटा गियरबक्स रहेको छ । कारको अधिकतम स्पिड क्षमता ७० किलोमिटर प्रतिघण्टा रहेको छ ।

विभिन्न ६ रङमा उपलब्ध यो कारमा एसी, पावर स्टेयरिङ, वाइपर विन्डो, विद्युतीय मिटर र अडियो सिस्टम जस्ता विशेषता पनि छ ।

यस अघि भारतीय अटोमोबाइल कम्पनी टाटाले सन् २००९ मा विश्वकै सबैभन्दा सस्तो कार भनेर नानो कार ल्याएको थियो ।

उक्त समयमा कम्पनीले नानो १ लाख भारुमा बिक्रीगरेता पनि अहिले भने २ लाख २९ हजार भारु रहेको छ । बजाजले इन्डोनेसियामा सार्वजनिक गरेको यो कार बिस्तारै एसियाली देशहरुमा प्रबेश गर्ने कम्पनीले जनाएको छ । यहि क्रममा नेपाली बजारमा प्रबेश गर्ने आाकलन गर्न सकिन्छ ।


क्लिकमान्डु