तारा एयरको विमान सिमिकोट विमानस्थलमा दुर्घटना



काठमाडौं । हुम्लाको सिमिकोट विमानस्थलको रनवेमा चिप्लिदाँ तारा एयरको ९ एनएबिएम कलसाईन ट्वीनअटर विमान दुर्घटनामा परेको छ ।

विमानले १७ यात्रु लिएर नेपालगन्ज उडान भर्ने क्रममा दुर्घटनामा परेको हो । ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

विमान टेकअफ लिनेवेलामा टायर पंचर भएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विमानमा सवार दुई प्रहरीसहित एक क्याप्टेन र परिचारिका घाइते छन् ।

उनीहरुको टाउकोमा चोट लागेको छ । अन्य १३ यात्री भने सामान्य घाइते छन्। उनीहरुको हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु