नेपाल आउने पर्यटकमा चिनियाँ र भारतीयबीच प्रतिस्पर्धा, कुन देशबाट कति आए ?



काठमाडौं । सन् २०१६ मा १२ महिनामा आएका पर्यटक चालु वर्ष १० महिनामै आएका छन् । अध्यगमन विभागको तथ्यांक अनुसार १० महिनामा ७ लाख ५७ हजार ४ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

सन् २०१६ मा ७ लाख ५३ हजार २ पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन संख्यालाई सन् २०१७ को १० महिनामा ४ हजार बढी हो ।
१० महिनाको पर्यटक आगमनदरमा आएको बृद्धिको तथ्यांक हेर्दा २०१७ को अन्त्यसम्म १० लाख पर्यटक नेपाल भित्रिने देखिएको छ । हालसम्म सवैभन्दा धेरै पर्यटक सन् २०१२ मा ८ लाख ३ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

सन् २०१६ को १० महिनामा ६ लाख ७ हजार ५ सय ५६ पर्यटकमात्रै नेपाल भ्रमणमा आएका थिए । गत वर्ष को भन्दा १ लाख ४९ हजार ८ सय ९२ पर्यटकले बढी हो ।

चालु वर्षको १० महिना मध्ये सवैभन्दा बढी अक्टोवरमा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । जसमा १ लाख १२ हजार ४ सय ९२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । १० महिनामा सवैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् ।

भारतबाटमात्रै १ लाख ३३ हजार २९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जुन संख्या चीनको भन्दा ४९ हजार ६ सय ८७ पर्यटकले बढी हो । त्यस्तैगरी चीनबाट ८३ हजार ३ सय ४२ पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तै तेस्रोमा अमेरिकाबाट नेपाल भ्रमणमा आएका छन् ।

अमेरिकाबाट मात्रै १० महिनामा ६५ हजार २ सय ४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथोमा श्रीलंकाबाट ४१ हजार १ सय २६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । त्यस्तैगरी बेलायतबाट ४० हजार ३ सय ४४ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

धेरै पर्यटक आउने ५ देश

देश संख्या
भारत १३३०२९
चीन ८३,३४२
अमेरिका ६५,२०४
श्रीलंका ४१,१२६
बेलायत ४०,३४४

स्रोतः अध्यागमन विभाग


क्लिकमान्डु