पाकिस्तानमा उत्तर कोरियाली राजदुतको घरबाट ९७ लाखको रक्सी चोरी




काठमाडौं । पाकिस्तानमा उत्तर कोरियाका एक राजदुतको घरबाट ह्विस्की, बियर र वाइनको बोतलहरु चोरी भएको घटनाको खुलासा भएको छ । यसपछि उनी माथि रक्सी तस्करीको आरोप लगेको छ ।

पाकिस्तानमा मुसलमानहरुको लागि रक्सी सेवन गैरकानुनी मानिन्छ । त्यसैले पाकिस्तानमा रक्सी सजिलै पाउन सकिदैन । पाकिस्तानमा राजदुतलाई रक्सीको लागि व्यक्तिगत भत्ता दिने गरिएको छ ।

घटनाका केही रहस्य
अक्टुबरको सुरुवातमा पाकिस्तानमा उत्तर कोरियाका राजदुत ह्योन कीयोङगको इस्लामबादस्थित आफ्नो घरबाट २ हिरा, हजारौँ अमेरिकी डलर र ठूलो मात्रामा रक्सीको चोरी भएको थियो ।

हुन त पुरै घटनामा धेरै रहस्य लुकेका छन् । समाचार एजेन्सी रोयटर्स र पाकिस्तान टुडेको रिपोर्टका अनुसार तीन जना प्रहरीले यस घटनामा सामिल थिए । उनीहरु विरुद पक्राउ वारेन्ट पनि जारी गरिएको थियो ।

यस्तै अरु मिडिया रिपोर्टसका अनुसार यो पुरै घटनाको सुरुवात पुलिसबाट नै भएको थियो । र, यो एक प्रकारले पुलिसको निरीक्षणमा गरिएको अभियान थियो ।

कोह्सर पुलिस चौकीमा यस घटनाको रिपोर्ट दर्ता गरिएको थियो । त्यहाँको प्रहरी प्रमुख इन्स्पेक्टर अस्जद महमदले भने ‘तीन जना पुलिसमाथि उनीहरुले गैरकानुनी तरिकाले राजदूतको घरमा छिरेर त्यहाबाट ठूलो मात्रामा रक्सी चोरेको आरोप लगाइएको छ । तर, उनीहरुले आफ्नो उच्चअधिकारीहरुलाई सुचित नगरी त्यो रक्सी आफ्नो लागी राखेका थिए’ अहिले ती तीन जना प्रहरी जमानतमा छुटेका छन् ।
प्राय चोरीको घटनालाई यति महत्वका साथ लिने गरिदैन । तर, यस घटनामा धेरै मात्रामा रक्सी र राजदूत सामिल भएका हुनाले यसलाई बढी महत्वका साथ लिइएको हो ।

राजदूतको घरबाट कती बोतल रक्सी चोरी भयो ? अहिलेसम्म यसको कुनै पुष्टी हुन सकेको छैन् । रोयर्टसका अनुसार जोनी वकर ब्ल्याक लेबल रक्सीको १ हजारभन्दा बढी बोतलहरु चोरी भएको हो । चोर बजारमा यो रक्सी एक बोतलको मूल्य ६ हजार रुपैयाँभन्दा बढी पर्ने गर्छ ।
प्रहरीको रिपोर्टका अनुसार राजदूतको घरबाट २ सय बक्सा वाइन, ६० कार्टुन बियर र टकीलाको दर्जनौँ बोतल चोरी भएको छ ।

पाकिस्तानमा विदेशी राजदुतहरुलाई र्निधारित मात्रामा रक्सी राख्न अनुमती दिइने गरिन्छ । उनीहरु दुताबासमा नै रक्सी राख्न सक्छन् । उनीहरुलाई आफ्नो घरमा रक्सी राख्ने अनुमती हुने गर्दैन ।

उत्तर कोरियाली राजदूत ह्यानलाई ३ महिनामा फरक फरक प्रकारको १२० लीटर स्पिरिट, १८ लिटर वाइन र २४० लिटर बियर राख्न अनुमती दिइएको थियो । यस अनुसार उनको घरमा जती रक्सी भेटिएको छ त्यो कम मानिएको छ ।

उत्तर कोरियाली दूतावासले अहिले यो घटनाको विषयमा केही भनेको छैन । ह्योनको घरबाट जती रक्सी भेटिएको छ त्यसको मूल्य ९७ लाख २ हजार रुपैयाँ रहेको मानिएको छ ।

उत्तर कोरियाली राजदूतमाथि रक्सीको तस्करीको आरोप लागेको यो पहिलो पटक भने हैन । २०१५ मा कराचीमा एक उत्तर कोरियाली राजदूतमाथि गैरकानुनी तरिकाले ब्ल्याक मार्केटमा रक्सी बेचेको आरोप लागेको थियो ।

यही वर्ष एक अर्का उत्तर कोरियाली राजदूतलाई १४ लाख डलरको सानो बंगलादेशमा तस्करी गरिरहेको बेलामा पक्राउ गरिएको थियो ।


क्लिकमान्डु