‘जब्स एक्ट’लाई टेकेर साधारण सेयर जारी गरिहेको सगुनमा लगानी कति सुरक्षित ?



काठमाडौं । ‘आम मानिसहरुलाई आफ्ना भौतिक वा अन्य आवश्यकता के हुन् भन्ने कुराको खासै हेक्का रहँदैन । उनीहरु आफ्नो दैनिक काममा यति ब्यस्त रहन्छन् कि उनीहरुलाई आफ्नै आवश्यकताको बारेमा सोच्ने पनि फुर्सद हुँदैंन । त्यसैले म उनीहरु के चाहन्छन् भनेर बजारको अध्ययन गरेर, मानिसहरुको अन्तर्वार्ता गरेर कुनै पनि उपभोग्य वस्तुको सृजना गर्दिन । म आफैं अध्ययन गरेर आम मानिसका आवश्यकताहरु पहिल्याउँछु र ती आववश्यकता पुर्ति गर्ने वस्तुको सृजना गर्न घोत्लिन्छु ।’

बिगत एक दशकमा आइफोन, आइप्याड, आइपोड, म्याक्बुक जस्ता कला र प्रबिधिका उच्चतम संयोजन गरेर बनाइएका उपभोग्य बस्तुहरुका सृजनाकार स्टिभ जब्सका कालजयी शब्दहरु हुन् यी ।

पश्चिमा भौतिक बिज्ञानको छिपछिपे पानीले मात्र नपुगेर पुर्वीय दर्शनमा समेत डुबुल्की मार्न कुनै बेला लामै समय भारतमा बसेका यी सर्जक इन्जिनियर थिएनन् । यी थिए, कल्पना, प्रबिधि र सृजनाका कुशल संयोजक ।

दैनिक काम मिलाउनका लागि ‘माइ डे’, मुड अनुसार कुराकानी गर्नका लागि ‘मुड टक,’ र आफ्ना गोप्य कुराहरु सेयर गर्नका लागि ‘ओपन सेक्रेट’ जस्ता फिचरहरु रहेका छन् ।

पछिल्लो समय बिदेशमा बसिरहेका केही सृजनशिल उद्यमीहरुले निकै महत्वाकांक्षी ढंगले शुरु गरिएको सामाजिक सञ्जाल सगुनको पछिल्लो गतिबिधि, भावी कार्यक्रम आदिको बारेमा सगुनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत गोबिन्द गिरीसँग स्काइपमा कुरा गर्न काठमाण्डौंको तिनकुने स्थित सगुनको कार्यालय पुग्दा बैठक कक्षको ठ्याक्कै बाहिर उनै महान् स्टिभ जब्सको तस्वीर र उनका कालजयी कथनीहरु टाँगिएको रहेछ ।

अमेरिकाले सन् २०१२ देखिमात्र यस्ता साना योजनाहरुले पनि सर्वसाधारणबाट पैसा उठाउन सक्ने कानुन पास गरेको हो । र, यो कानुन बमोजिम सर्वसाधारणलाई सेयर जारी गर्ने सगुन एसियाकै पहिलो कम्पनी हो ।

यो देख्दा सगुनका उच्च नेतृत्वहरु जब्सबाट अत्यन्तै प्रभावित रहेको कुरा बुझ्न गाह्रो भएन । के त्यसोभए जब्सले भने बमोजिम एक्काइसौं शताब्दीका मानिसहरुको मस्तिष्कमा शुशुप्त ढंगले लुकेर बसेका उनीहरुका भौतिक र मनोबैज्ञानिक आकांक्षाहरु सगुनका कार्यकारीहरुले पर्गेलेका छन् त ?

मानिसहरु आफैंलाई थाहा नभएका आकांक्षाहरु पुर्तीका लागि सगुनमा के(कस्ता फिचरहरु छन् त ? के छन् सगुनमा जो फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जालहरुले अझै छिचोल्न सकेका छैनन् ?

‘हामीसँग प्रयोगकर्ताहरुका लागि अहिले चल्तीमा रहेका सामाजिक सञ्जालहरुका भन्दा भिन्न किसिमका सुबिधाहरु छन्,’ कम्पनीकमा कार्यकारी गोबिन्द गिरी बताउँछन् । उनका अनुसार दैनिक काम मिलाउनका लागि ‘माइ डे’, मुड अनुसार कुराकानी गर्नका लागि ‘मुड टक,’ र आफ्ना गोप्य कुराहरु सेयर गर्नका लागि ‘ओपन सेक्रेट’ जस्ता फिचरहरु रहेका छन् ।

सेक्रेट आफ्नो इच्छा अनुसार सबैलाई वा चाहेको ब्यक्तिहरु माझमात्र पनि सेयर गर्न मिल्छ । मुड टकबाट प्रयोगकर्ताहरुले आफ्नो मुड अनुसार इमोजि स्टिकर बनाउन समेत सक्नेछन् ।

सगुनको अर्को महत्वपुर्ण फिचर भनेको प्रयोगकर्ताहरुले गरेका च्याटका म्यासेजहरु केही समयपछि आफैं हराएर जान्छन् । यस्ता फिचरहरु हेर्दा यस्तो लाग्छ कि सगुन मानवीय भावनाहरु संवेदनाहरुको तिब्रतासँग आफ्नो ताल मिलाउन खोजिरहे झैं भान हुन्छ ।

‘कुनै त्यस्तो भवितब्य आए आफ्नो सम्पुर्ण लगानी नडुबोस् भन्नका लागि हामीले साना लगानीकर्ताबाट उनीहरुको कमाइको १० प्रतिशत भन्दा बढी लगानी स्वीकार गर्दैनौं’ उनले भने ।

कस्तो छ सगुनको वित्तीय ब्यवस्थापन ?

सगुन अमेरिकामा दर्ता भएको कम्पनी हो । अमेरिकामा सन् २०१२ मा पारित भएको जब्स एक्ट अनुसार सगुनले सर्वसाधारणका लागि सेयर निष्काशन गरिरहेको छ ।

केही समय अघि पहिलो चरणको सेयर निष्काशन गरिसकेको सगुनको यो पटकको निष्कानशन यहि आउँदो नोभेम्बर ३० गते बन्द हुने कम्पनीले जनाएको छ । लगानी गर्न इच्छुकले यो लिङकमा क्लिक गरेर हेर्नसक्ने छन् ।

अमेरिकाले सन् २०१२ देखिमात्र यस्ता साना योजनाहरुले पनि सर्वसाधारणबाट पैसा उठाउन सक्ने कानुन पास गरेको हो । र, यो कानुन बमोजिम सर्वसाधारणलाई सेयर जारी गर्ने सगुन एसियाकै पहिलो कम्पनी हो । कम्पनीले २ करोड अमेरिकी डलर बराबरको आइपिओ जारी गर्ने अनुमति पाएको छ ।

दोस्रो चरणमा लगानी गर्नका लागि अझै सहज बनाइएको गिरी बताउँछन् । ‘डेबिट वा क्रेडिट कार्डबाट पनि सीधै लगानी गर्न सकिन्छ’, उनी भन्छन् ।

यो सेयरमा देशभित्रका नेपालीले भने लगानी गर्न पाउने छैनन् । तर, बिदेशमा भएका नेपालीले भने  सगुनको सेयर खरिद गर्न सक्नेछन् । लगानी गर्नका लागि अधिकतम सीमा राखिएको छैन । सेयरमा लगानी गर्न sagoon.com/invest मा गई सेयर आवेदन दिन सकिनेछ ।

अवसर र जोखिम

यस्तो खाले नयाँ कम्पनीमा सेयर लगानी गर्दा अवसर र जोखिम दुवै प्रचुर मात्रामा हुने गरेको छ । प्रति कित्ता २३ डलरमा सेयर बिक्री गरिरहेको सगुनमा लगानी गर्दा आफ्नो लगानी प्रतिशतमा नभएर गुणात्मक ढंगले बढ्ने संभावना पनि हुन्छ भने जोखिमको मात्रा पनि उत्तिकै हुन्छ । यद्यपी आफ्नो बिजनेस मोडल वा प्रोडक्टका कारण भने जोखिम नआउने गिरी बताउँछन् ।

‘कुनै त्यस्तो भवितब्य आए आफ्नो सम्पुर्ण लगानी नडुबोस् भन्नका लागि हामीले साना लगानीकर्ताबाट उनीहरुको कमाइको १० प्रतिशत भन्दा बढी लगानी स्वीकार गर्दैनौं’ उनले भने ।

सगुनका भावी योजना

अहिले मोबाइल एप निमार्णको अन्तिम चरणमा रहेको सगुनको भविष्यमा सोसियल स्मार्ट कार्ड सार्वजनिक गर्ने तयारी गरिरहेको छ । धेरै गिफ्ट कार्ड राख्नुभन्दा एउटै स्मार्ट कार्ड राखेर सगुनका प्रयोगकर्ताले आधिकारिक साझेदारहरुबाट फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।

यसैगरी सगुनले मोबाइल चार्ज गर्न मिल्ने एप निर्माण गर्ने योजना पनि अगाडी बढाइरहेको छ । यसका लागि कामहरु धेरै अगाडी बढिसकेको कम्पनीले बताएको छ ।


क्लिकमान्डु