हाइड्रोपावरमा एनआरएनको १२ अर्ब बढी लगानी, थप २० अर्ब आउँदै



काठमाडौं । गैरआवासिय नेपालीहरुले स्वदेशका विभिन्न परियोजनमा लगानी गरिरहेको बेला ऊर्जा क्षेत्रमा पनि लगानी बढाएका छन् । सम्वद्ध पक्षहरुकाअनुसार हालसम्म एनआरएनले करिब १२ अर्ब रकम ऊर्जा क्षेत्रमा लगानी गरिसकेका छन् ।

उनीहरुले थप २० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिरहेका छन् । आयोजनाको छनौट तथा प्राविधिक तयारीमा रहेका कारण केही समयभित्रै ती आयोजना र लगानीको स्थितीका बारेमा समेत जानकारी दिने एनआरएनको भनाइ छ ।

सानिमा माई, दोर्दी, सयपत्री, सुपर आँखु खोलालगायतका आयोजनामा एनआरएनको लगानी भइसकेको छ । सानिमा माइ हाइड्रोपावर कम्पनी मार्फत् नेपालमा एनआरएनको संस्थागत लगानी सुरु भएको हो ।

नीतिगत रुपमा सहजता, लगानीको प्रष्टता तथा सात मन्त्रालय र २१ विभाग चाहार्नुपर्ने प्रवृत्तिको अन्त्य भए एनआरएनको लगानी थप उल्लेख्य मात्रामा बढ्ने विश्वास लिइएको छ ।

सानिमामार्फत् एनआरएनले सानिमा माई जलविद्युत् आयोजना र सामिान माई क्यासकेड आयोजना निर्माण सम्पन्न गरिसकेको छ । ती आयोजनाको क्षमतामा क्रमशः २२ र ९ मेगावाट रहेको छ । ती आयोजनामा एनआरएनको करिब ५ अर्ब लगानी गरेको छ ।

सानिमा माइ हाइड्रोपावरका प्रमुख डा. सुवर्णदास श्रेष्ठका अनुसार नेपालमा पहिलो पटक संस्थागत रुपमा एनआरले लगानी गरेको परियोजना नै आफूहरुको बताए ।

उनले संस्थागत अभ्यास सँगै अरु आयोजनामा समेत एनआरएनले लगानी सुरु गरेको जानकारी दिए ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले पछिल्लो दिनमा विद्युत् खरिद सम्झौता भएका ३ हजार ५०० मेगावाट क्षमताका आयोजना मध्ये एनआरएनको मात्रै २०० मेगावाट रहेको छ ।

एनआरएनले एनआरएन इन्भेस्टमेन्ट कम्पनी मार्फत ४२ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजनामा पनि लगानी गरेका छन् । लमजुङमा आयोजना स्थल रहेको सो परियोजनमा एनआरएनको संस्थागत रुपमा गरिएको अर्को प्रयासका रुपमा लिइन्छ ।

यस्तै वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपालीहरूले नेपालको जलविद्युतमा १० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । उनीहरूले ओभरसिज नेप्लिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेड स्थापना गरी सोहीमार्फत् आआफ्नो बचत एकमुष्ट गरी लगानी गर्ने भएका हुन् ।

गोरक्ष हाइड्रोपावर प्रालिमार्फत धादिङ जिल्लाको उत्तरी भेगमा निर्माण हुन लागेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा उक्त लगानी गर्न लागिएको हो । कुल २५ दशमलव ४ मेगावाटको सो आयोजना करीब ४ अर्ब ४४ करोडको लगानीमा बन्न लागेको हो ।

आयोजनामा ७० प्रतिशत बैङको र ३० प्रतिशत सञ्चालकहरूको लगानी रहनेछ । यसमा सञ्चालकहरूबाट हुने लगानी १ अर्ब ३७ करोड रुपैयाँमध्ये १० करोड यूएईस्थित नेपालीको रहने छ ।

एनआरएनको यसअघि सम्पन्न विश्व सम्मेलनले नै एनआरएन इन्भेष्टमेण्ट कम्पनी स्थापना गरेको थियो । सो कम्पनीमा १ अर्ब बढी जम्मा भइसकेको छ ।

यस्तै तमोरमा ५० र १०० मेगावाट क्षमताका २ आयोजना निर्माणको प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ । यस्तै सयपत्री हाइड्रोपावरमा समेत एनआरएनको लगानी रहेको छ ।

नेपालको ऊर्जा क्षेत्रमा एनआरएनको लगानीले एउटा आशाको सञ्चार गरेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का पूर्वअध्यक्ष समेत रहेका डा. श्रेष्ठले भने ‘सकारात्मक प्रयास सुरु भएको छ । हामी आशावादी छौ, आगामी दिनमा थप लगानी भित्रनेछ ।’

एनआरएनले लगानीका लागि तीव्र इच्छा व्यक्त गरेपनि नीतिगत कमजोरी र अनकेन समस्याहरु ऊर्जा क्षेत्रमा देखिएका छन् । लगानीको मोडालिटीका विषयमा समेत सरकारले प्रष्ट निर्णय गरिदिएको छैन ।

एनआरएनले सहवित्तीयकरण तथा अन्य व्यक्तिगत रुपमा समेत अन्य केही आयोजनामा लगानीका फरक फरक स्वरुपमा समेत तयारी गरिरहेका छन् ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले पछिल्लो दिनमा विद्युत् खरिद सम्झौता भएका ३ हजार ५०० मेगावाट क्षमताका आयोजना मध्ये एनआरएनको मात्रै २०० मेगावाट रहेको छ ।

नीतिगत रुपमा सहजता, लगानीको प्रष्टता तथा सात मन्त्रालय र २१ विभाग चाहार्नुपर्ने प्रवृत्तिको अन्त्य भए एनआरएनको लगानी थप उल्लेख्य मात्रामा बढ्ने विश्वास लिइएको छ ।


पुष्प दुलाल