चिरिबाबुले पुरा गरे प्रतिबद्धता, ललितपुर अब जाममुक्त सहर



ललितपुर । ललितपुर अब सडक जाम मुक्त सहर बनाइएको छ ।

ललितपुरका सडकमा यातायातलाई व्यवस्थित गर्तको लागि ललितपुर महानगरका मेयर चिरीबाबु मर्हजनले महानगरीय ट्राफिक महाशाखा प्रमुख सर्वेन्द्र खनाललाई एक कार्यक्रममार्फत ट्राफिक लाइट हस्तान्तरण गरे ।

उनले सबैको सहकार्यबाट समस्याको समाधान हुने भन्दै ट्राफिक व्यवस्थापनमा सबैको सहयोग चाहिने बताए । महानगरिक ट्राफिक महाशाखा प्रमुख खनालले जाममुक्त महानगर बनाउन ट्राफिक २४ घण्टा खट्ने बताए ।

महानगरले अबको एक महिनाभित्रमा कुपन्डोल, कानदेवतास्थान र हरीहरभवन , अल्का हस्पिटल अगाठि ट्राफिक लाइट राख्ने छ ।


क्लिकमान्डु