एनआरएनएको अध्यक्षमा भवन भट्टले शनिवार औपचारिक उम्मेद्ववारी घोषणा गर्ने



काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष भवन भट्टले शनिवार उम्मेद्वारी घोषणा गर्ने भएका छन् ।

एनआरएनएको आठौ विश्व सम्मेलन काठमाडौंमा २९ असोज देखि ३१ असोजसम्म हुँदै छ ।

काठमाडौंमा हुने विश्व सम्मेलनले दुई वर्षसम्मको लागि एनआरएनएमा नयाँ नेतृत्व चयन गर्ने छ ।

भट्ट विहीवार जापानबाट काठमाडौं आइपुगेका छन् ।

दुई कार्यकाल एनआरएनएमा उपाध्यक्ष भएर काम गरेका भट्टले कोषाध्यक्षको भूमिकामा पनि काम गरेका छन् ।

व्यवसायिक समुह टिबिआईका अध्यक्ष रहेका भट्ट जापानमा रेष्टुरेन्ट तथा होटल व्यवसायको ठूलो सन्जाल छ ।

नेपालमा पनि भट्टको संचारमाध्यम,कलेज,होटल,तथा उत्पादन मुलक उद्योगमा लगानी रहेको छ । समाजसेवामा पनि भट्ट सक्रिय छन् ।

विगत दुई कार्यकाले निर्वाचनबाट नेतृत्व चयन भएको एनआरएनएमा अहिले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आवाज उठेको छ ।


क्लिकमान्डु