प्रधानमन्त्री देउवाले तोडे आफ्नो रेकर्ड



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नाममा कायम भएको रेकर्ड तोडेका छन् ।

देउवाले राप्रपा प्रजातान्त्रिको तर्फबाट ४ जना मन्त्री थप्ने भएपछि सबैभन्दा ठूलो मन्त्रीमण्डल बनाउनेमा पुरानो रेकर्ड तोड्ने भएका हुन् ।

चारजना मन्त्री थपिएपछि देउवा सरकारको मन्त्रीमण्डल ५४ सदस्य हुने छ ।

राप्रपा प्रजातान्त्रिकबाट दीपक बोहरा,बिक्रम पाण्डे र सुनिल थापा मन्त्री बन्न लागेका छन् । जसमा बोहरा विज्ञान मन्त्री,पाण्डे बन र थापा उद्योगमन्त्री बन्न लागेका हुन् । रेशम लामा राज्यमन्त्री बन्दै छन् ।

राप्रपा प्रजातान्त्रिकबाट थपिएका मन्त्रीहरुको सपथ भोलि हुने छ ।


क्लिकमान्डु