नयाँ शक्तिका बाबुराम भट्टराईले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र (ज्ञापनपत्र सहित)



काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनत्र बुझाएका छन् ।

२०५२ सालमा भट्टराईले प्रधानमन्त्री देउवालाई माओवादी युद्द हुनुभन्दा अगाडि ज्ञापनपत्र बुझाएका थिए । पछिल्लो २० वर्षमा भट्टराईपनि प्रधानमन्त्री बनिसकेका छन् । माओवादी छाडेर नयाँ शक्ति बनाउने अभियानमा छन् ।

भट्टराईको नेतृत्वमा आइतबार प्रधानमन्त्री देउवालाई बुढीगण्डकी जलविद्युत् आयोजनाको विषयमा ज्ञापनपत्र बुझाइएको छ ।

सबै दल सम्मिलित बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईको नेतृत्वमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मुआब्जा र पछिल्लो समय बुढीगन्डकी निर्माणको ठेक्का गेजुवालाई दिएको विषयमा छ ।

 


क्लिकमान्डु