व्यवसाय गर्नेलाई ग्लोबल आइएमई बैंकले ३ दिनमा नै ऋण दिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई ३ दिन भित्र नै कर्जा उपलब्ध गराउने भएको छ ।

कर्जा लिनका लागि धेरै समय लागिरहेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनशिलतामा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयाबधि घटाएको बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

अव उक्त कर्जा लिन चाहने व्यक्तीले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्रमा नै कर्जा प्राप्त गर्न सक्नेछन् । लक्षित ग्राहकमहानुभाबहरुले यो कर्जा सुबिधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका ११२ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवा अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख देखि देखि ५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराईने बैंकले जनाएको छ ।


क्लिकमान्डु